म्याग्दी/ मालिका गाउँपालिका– ३ लुप्सीपारमा पहिरोमा पुरिएर बेपत्ता भएका एक बालकको शव विहीबार फेला परेको छ । बुधवार पहिरोमा परेर बेपत्ता भएका १३ वर्षीय सरोज बिकको शव भेटिएको हो ।
खोल्सामा दाउरा खोज्न गएका बेला सरोज र उनका बाबु ३६ वर्षीय जगेन्द्र बिक माथिबाट आएको पहिरोमा पुरिएका थिए । बाबु जगेन्द्र बुधवार मृत भेटिएका थिए भने सरोज बेपत्ता भएका थिए । शसस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म म्याग्दी, नेपाल प्रहरी र स्थानीयले खोजी गर्दा विहीबार दिउँसो १ बजेर २५ मिनेटको समयमा सरोजको शव फेला परेको थियो ।





