बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

भानु जयन्तीमा भोली गण्डकीमा सार्वजनिक बिदा

भानु जयन्तीमा भोली गण्डकीमा सार्वजनिक बिदा


  • ढोरपाटन संवाददाता
  • असार २८ २०८२, शनिबार

पोखरा / गण्डकी प्रदेश सरकारले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा आईतवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले २०८२ साल असार २९ गते आइतबारका दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

भानु जयन्तीका अतिरिक्त प्रदेश सरकारले २०८२ सालका लागि अन्य तीनवटा प्रदेशस्तरीय सार्वजनिक बिदा पनि तोकेको छ । सूचनाअनुसार, कोजाग्रत पूर्णिमाको अवसरमा असोज २० गते सोमबार, प्रदेश स्थापना दिवसको दिन माघ २२ गते बिहीबार र चैते दसैँका लागि चैत १२ गते बिहीबार पनि प्रदेशभर बिदा हुनेछ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८१ चैत १५ गते प्रकाशित गरेको सूचनामा, प्रदेश मन्त्रिपरिषद्को चैत १२ गतेको निर्णयअनुसार प्रदेश राजपत्रमा प्रकाशित सूचना बमोजिम यी बिदाहरू तय गरिएको छ । यो बिदा गण्डकी प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा लागु हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->