पोखरा/ विश्वभरका पर्यटकहरुको आकर्षण फेवातालको सिमांकनका लागि पिल्लर गाड्ने काम बुधवार सकिएको छ। पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा पिल्लर गाडिएको हो ।
फेवातालको चारैतिर १०५५ वटा पिल्लर गाडिएको हो । पोखरा महानगर प्रमुख धनराज आचार्यले फेवाताल संरक्षणको कार्य ऐतिहासिक उपलब्धि रहेको बताए । ‘प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिने सबै सरकारी तथा गैरसरकारी पक्षप्रति आभार व्यक्त गर्दछु,’ उनले भनेका छन् । ४५ दिनको अवधिमा प्राविधिक, कर्मचारी, नगर प्रहरी, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायत विभिन्न निकायको समन्वयमा पिल्लर गाडिएको हो।
फेवातालको कूल क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर रहेको छ।





