बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार श्रीष सम्मानित

‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट पत्रकार श्रीष सम्मानित


  • ढाेरपाटन संवाददाता
  • साउन १ २०८२, बिहिबार

पोखरा/ पोखरामा लामो समयदेखि क्रियाशील पत्रकार रुद्र श्रीष मगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार २०८२’ बाट विहीबार सम्मानित भएका छन् । उनलाई सम्मानपत्र र नगद १५ हजार सहित प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले सम्मान गरे ।

राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिद्धारा स्थापित तथा नेपाल मगर पत्रकार संघ कास्कीद्वारा संरक्षित पुरस्कारबाट उनी सम्मानित भएका हुन् । कार्यक्रममा मन्त्री थापाले गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने विधयेक पास गरेकाले समुदायगत रुपमा सहयोग गर्नुुपर्नेमा जोड दिए । ‘कामकाजी भाषाका रुपमा मगर र गुरुङ समुदायको भाषालाई ऐनका रुपमा ल्याइरहँदा कार्यान्वयन केही पेचिलो बन्न सक्छ, त्यसमा समुदायले प्रदेश सरकारलाई सकेको सहयोग गर्नुपर्छ,’ मन्त्री थापाले भने ।

मगर र गुरुङ समुदायका फरक–फरक लिपी भएका जानकारी आएकाले कुुन सहज हुन्छ भन्ने विषयमा समुदायले नै सुुझाव दिनुपर्ने उनले बताए । ऐन कार्यान्वयन् भएपछि लोप हुन लागिसकेको मगर र गुरुङ भाषाको संरक्षणमा केही हदसम्म टेवा पुग्ने उनको भनाई थियो ।  नेपाल मगर संघका साँस्कृतिक विभागका उपप्रमुख तथा पुरस्कारदाता हर्क आलेले कौराहाको संस्कारलाई संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले पुरस्कार स्थापित गरिएको बताए । मगर संस्कृतिलाई सरक्षण गर्न सबैले आआफ्नो स्थानबाट योगदान पुु¥याउनुपर्नेमा उनको जोड थियो । मगर संस्कार र संस्कृतिको क्षेत्रमा योगदान प¥याएका व्यक्तिलाई यो पुरस्कार प्रदान गर्नु आफूूहरुको उद्देश्य रहेको उनको भनाई छ । नेपाल मगर पत्रकार संघ कास्कीका सहसचिव बल रोका मगरको सञ्चालन तथा अध्यक्ष सुरज थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा, छनौट समितिका संयोजक एमबी आस्था मगर, नेपाल मगर संघ कास्कीका अध्यक्ष राम थापा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा, पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछाने लगायतले आ–आफ्नो भनाई व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै सम्मानित श्रीषमगरले पुरस्कारले आफूलाई खुसी दिलाउनुका साथै जिम्मेवारी थपिएको बताए । सांस्कुतिक र संस्कार मगर समुदायको पहिचान भएकालाई संस्कारलाई जोगाउनु नयाँ र पुराना पुस्ताले विषेश ध्यान दिनु आवश्यक रहेको उनको भनाई थियो । पुरस्कार प्राप्त गर्ने उद्देश्यले आफू यो पेसामा प्रवेश नगरेको भन्दै उनले यो पेसामा कसरी मगर समुदायका व्यक्ति र नयाँ पुस्तालाई टिकाइराख्ने भन्ने योजना बनाएर अगाडि बढ्नुपर्ने अहिलेको अवश्यकता रहेको जनाए ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापालाई मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ गण्डकी प्रदेशबाट सर्वसम्मतले पारित भएको अवसर पारेर सम्मान समेत गरिएको थियो । कार्यक्रममा मिस मगर नेपाल २०२४ का विजेतालाई समेत सम्मानपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल मगर संघ चाउथे इकाई समितिको टोलीले कार्यक्रममा मौलिक कौराहा प्रस्तुत गरेका थिए ।  २०७५ सालमा स्थापना भएको पुरस्कारबाट यसअघि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप राना मगर (तनहुँ), ‘एमबी आस्था’ (कास्की), मनोज घर्ती मगर (कास्की), खेम सारु मगर (पाल्पा) र सारदा झेंडी मगर (नवलपुर) पुरस्कृत भइसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->