आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विद्यार्थी र किसानलाई निशुल्क बिरुवा

विद्यार्थी र किसानलाई निशुल्क बिरुवा

जैमिनी नगरपालिका वडा नं. २ का सुजन सापकोटाले गाउँघरमा किसानलाई आवस्यक पर्ने बिरुवा घरमै लगेर वितरण गरेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • साउन २ २०८२, शुक्रबार

बागलुङ/बागलुङका एकजना युवा विद्यालयका विद्यार्थी र किसानको घर घरमा फलफूलका बिरुवा वितरण गर्दै हिंडेका छन् ।

वर्षात लागेपछि उनले यो काम गरेका हुन् । विद्यार्थीलाई वितरण गरेको बिरुवा घरमा लगेर रोप्ने तरिका पनि उनले सिकाएका छन् । किसानलाई पनि आवस्यकताको आधारमा बिरुवा वितरण गरेको उनले बताए ।

जैमिनी नगरपालिका वडा नं. २ का सुजन सापकोटाले गाउँघरमा किसानलाई आवस्यक पर्ने बिरुवा घरमै लगेर वितरण गरेका हुन् । तीन वर्षदेखि उनले यो अभियान संचालन गरिरहेका छन् । ‘उत्पादनमुखी र हरियाली बागलुङ अभियान लिएर हिंडेका ती युवाले तीन वर्षमा १२ हजार बढी बिरुवा वितरण गरिसकेका छन् । उनी कृषि विषयमा स्नातकोत्तर गरेका विद्यार्थी समेत हुन् ।

यो वर्ष पनि उनले बिरुवा वितरण थालेका छन् । यो वर्ष २० वटा विद्यालय र १९ वटा वडामा बिरुवा वितरण गर्ने लक्ष्य बनाएको बताए । यो वर्ष पनि उनले ४ हजार बढी बिरुवा वितरण गर्ने बताए । सापकोटाले सुन्तला, कागती, टिमुर, किवी, श्रीखण्ड, केरा लगायतको बिरुवा वितरण गरेका छन् । स्थानीय हावापानी र माटो समेत हेरेर आवस्यकताको आधारमा बिरुवा वितरण गरेको सापकोटाले बताए ।

कृषि विषयमा स्नातकोत्तर गरेकोले उनले आफ्नै नर्सरीको पनि तयारी गरेका छन् । यसअघिका बिरुवा भने उनले सल्यान र रुकुमका नर्सरीबाट किनेर ल्याइ वितरण गरेका हुन् । कतिपय बिरुवा भने विभिन्न नर्सरीहरुमा समन्वय गरेर पनि ल्याएका छन् । उनले आफ्नो घर रहेको जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला र बरेङ गाउँपालिकालाई लक्षित गरेर यो काम गर्दै आएका छन् । कृषि प्राविधिक भएकोले उनले बिरुवामा लाग्ने रोग किरा देखिएमा आवस्यक पर्ने उपचार पद्दतीबारे पनि जानकारी दिने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->