आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नन्दुलाई गलकोट समाज युकेको आर्थिक सहयोग

नन्दुलाई गलकोट समाज युकेको आर्थिक सहयोग


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८२, आइतबार

बागलुङ/पत्थरीको समस्या भोगिरहेको गलकोटका नन्दु नेपालीलाई गलकोट समाज युकेले आर्थिक सहयोग गरेको छ । आर्थिक अवस्था कमजोर रहेका गलकोट नगरपालिका २ पैँयुडाँडाका नन्दु नेपालीको पित्त थैलीमा पत्थरी भएको थियो । उनको उपचारका लागि समाजले ५० हजार रुपैयाँ सहयोग गरेको हो । ५५ वर्षिय नेपाली विगत २ वर्ष देखी पत्थरीका विरामी हुन् ।

उपचार गराइराखेका नेपालीको उपचार गर्दा धेरै रकम लाग्ने र परिवारको समेत आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा समस्या भएको थियो । उनको उपचारमा केही हदसम्म भएपनि सहयोग होस भन्ने उद्देश्यले समाजले आर्थिक सहयोग गरेको समाजका संस्थापक सचिव डा. पुष्पदत्त उप्रेतीले बताए ।

सहयोग रकम पीडितकै घरमा पुगी गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष हिमबहादुर भण्डारी, नेपाली कांग्रेस गलकोट नगर सभापति विरजंग भण्डारी र समाजसेवी चन्द्रदत्त रेग्मी, वडा सदस्य उमेश नेपाली, वडा सदस्य रुद्र श्रीसले सहयोग रकम हस्तान्तरण गरेको गलकोट समाज युकेका अध्यक्ष चन्द्रा साहानीले जानकारी दिए ।

गलकोट समाज युकेले स्थापनाकालदेखि नै विभिन्न परोपकारी तथा सामाजिक कामहरु गर्दै आइरहेको समाजले जनाएको छ । गलकोट समाज युके बेलायत स्थित नेपाली संघसंस्थामध्ये एक अग्रणी संस्था हो । स्थापना भएको ८ वर्षको अवधिमा समाजले धेरै उल्लेखनीय सामाजिक कार्यहरू सम्पन्न गरेको छ । हालै संस्थाले बेलायतमै आफ्नै भवनसमेत खरिद गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->