बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पौडेल बंश महासंघ केन्द्रीय समितिद्वारा सम्मान

पौडेल बंश महासंघ केन्द्रीय समितिद्वारा सम्मान


  • ढाेरपाटन संवाददाता
  • साउन २८ २०८२, बुधबार
पोखरा/ पौडेल बंश महासंघ केन्द्रीय समितिको पोखरामा आयोजित तेस्रो पूर्ण बैठकका अवसरमा समाजका विभिन्न क्षेत्रमा योगदान पुु¥याउने ५ जना ज्येष्ठ नागरिकलाई आज सम्मान गरिएको छ ।
सम्मानित हुनेमा ८९ वर्षीय तुलसी पौडेल, ८५ वर्षीय प्रा.पवित्रमणि पौडेल र ज्यो पं लिलाधर पौडेल एवम् ८३ वर्षीय प्रा.चतुर्भुज शर्मा पौडेल र निलकण्ठ शर्मा पौडेल रहेका छन् । उनीहरुलाई गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल र महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले संयुक्त रुपमा सम्मान गरेका हुन् ।  कार्यक्रममा मन्त्री पौडेलले हामीहरू एक आपसमा घमण्ड र अहंकार भन्दा पनि समाज र राष्ट्रले गर्व गर्नसक्ने हुनुपर्नेमा जोड दिए । परिवारसँगै समाज र राष्ट्र निर्माणमा अभिभावकीय भूमिका निर्वाह गर्दै हाम्रा सन्ततीले पनि गर्व गर्ने किसिमको बन्नुपर्ने उनले बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले हामीहरू सिर्जनात्मक बन्दै हराउँदै गएका मौलिकतालाई जगेर्ना गर्नु जरुरी भएको बताइन् । भावी सन्ततीले हामीबाट धेरै कुरा सिक्न सक्ने वातावरण तयार गर्नुपर्नेमा उनले जोड दिइन् ।
महासंघका केन्द्रीय अध्यक्ष हरिराम पौडेलले ‘पौडेल थर, हाम्रो साझा घर’ भन्ने मूल आदर्श वाक्यका साथ महासंघ अघि बढीरहेको बताउँदै सबैलाई समेटेर बन्धुत्वको भावना अभिबृद्धि गराउँदै अघि बढ्ने बताए । पौडेलहरूको थातथलो खोजीका क्रममा बझाङस्थित पैडीकोटमा गरिएको अध्ययन तथा भेटघाटको जानकारी दिदै उनले उक्त स्थलको संरक्षणसँगै पौडेलहरूका ऐतिहासिक दस्तावेजलाई संकलन एवम् व्यवस्थित गर्ने लक्ष्यका साथ महासंघ अघि बढीरहेको उल्लेख गरे ।
महासंघले निकट भविष्यमा स्वास्थ्य सचेतना र बुढ्यौली व्यवस्थापन सम्बन्धी कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने जानकारी पनि दिए । महासंघका अध्यक्ष पौडेलको सभापतित्व एवम् महासचिव उद्धवप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत महासंघका उपाध्यक्ष (गण्डकी) शारदा पौडेलले गरेकी थिइन् ।  बैठकमा अध्यक्ष पौडेलसहित बरिष्ठ उपाध्यक्ष शालिग्राम पौडेल, महासचिव उद्धव पौडेल, कोषाध्यक्ष युवराज पौडेलले प्रतिवेदन प्रस्तुत गरेका थिए । महासंघको बैठकमा सहभागी बन्न पूर्वमा ताप्लेजुङदेखि पश्चिम बझाङ लगायत स्थानबाट पदाधिकारी तथा सदस्यहरू सहभागी थिए भने भारतबाट कुलबहादुर पौडेल र भुटानबाट बलराम पौडेलले समेत प्रतिनिधित्व गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->