बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

रवि लामिछानेलाई मागेको ठाउँ नख्खु कारागार सरूवा गरिँदै

रवि लामिछानेलाई मागेको ठाउँ नख्खु कारागार सरूवा गरिँदै

कारागार व्यवस्थापन विभागले निर्णय गरेर रुपन्देही कारागारमा पठाइसकेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए ।


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०८२, शुक्रबार

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई नख्खु कारागार ल्याइने भएको छ । सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने हाल रूपन्देही कारागारमा थुनामा छन् । रविलाई नख्खु कारागार ल्याउन कारागार व्यवस्थापन विभागले निर्णय गरिसकेको गृह मन्त्रालयले जनाएको छ ।

कारागार व्यवस्थापन विभागले निर्णय गरेर रुपन्देही कारागारमा पठाइसकेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए । रविले नै नख्खु कारागार बस्न माग गरेका थिए ।

‘रवि लामिछानेलाई नख्खु कारागार ल्याउन कारागार व्यवस्थापन विभागले निर्णय गरिसकेको छ । विभागले निर्णय गरेर रुपन्देही कारागारमा पठाइसकेका छौँ,’ महानिर्देशक शर्माले भने ।

अँध्यारो कोठामा मानव अधिकारका न्यूनतम मापदण्ड पनि पालना नगरेर राखिएको दाबीसहितका समाचार बाहिरिएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोलीले साउन २६ मा रूपन्देही कारागारको अनुगमन गरेको थियो ।

आयोगको टोलीले रूपन्देही कारागारको अवस्था दयनीय रहेको निष्कर्ष निकालेको थियो । अदालतबाट आदेश हुँदासमेत लामिछानेलाई स्थानान्तरण नगरिएको पाइएको आयोगले‍ अनुगमनका क्रममा बताएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->