बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

कारागारबाट निस्किदै गर्दा रविले लेखे, ‘अब कृष्ण जन्मिने छैनन्, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्छ’

कारागारबाट निस्किदै गर्दा रविले लेखे, ‘अब कृष्ण जन्मिने छैनन्, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्छ’


  • ढोरपाटन संवाददाता
  • साउन ३१ २०८२, शनिबार

भैरहवा / पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा  कारागारबाट काठमाडौँ प्रस्थान गरेका छन्। भैरहवा कारागार छोड्दै गर्दा उनले त्यहाँको भित्तामा ‘अब कृष्ण जन्मिने छैनन्, जन्मेकाहरूले नै कृष्ण बन्नुपर्छ’ भन्ने लेखेका छन्।

रास्वपा प्रवक्ता मनीष झाका अनुसार उनले आफूमाथि प्रतिशोध साधिएको भन्दै गारागार छोड्दा भित्तामा लेखेको विषय सुनाएका थिए। ‘म बसेको कारागारको कोठाको भित्तामा मैले लेखेर आएको छु,’ लामिछानेले सुनाउँदै भनेका थिए, ‘अब कृष्ण जन्मिने छैन। जन्मेकाहरूले नै कृष्ण बन्नुपर्नेछ।’

आफूले न्याय माग्दा पनि प्रतिशोध साधिएको भन्दै उनले अदालतमा विश्वास गरेर हिँडेको समेत बताएका थिए। रविलाई बुद्ध एयरको विमानबाट काठमाडौँ लगिदैछ। उनलाई स्वागत गर्न रास्वपाका नेता कार्यकर्ता विमानस्थलमा भेला भएका छन्।

गत चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेले जेठमै नक्खु कारागारमा सरुवाका लागि निवेदन दिएका थिए। तर, उनलाई कारागार स्थानान्तरण नगर्दा सरकारको आलोचना भएको थियो। आलोचनापछि सरकार उनलाई काठमाडौँ लैजान तयार भएको हो । लामिछानेलाई नक्खु कारागारमा राखिने छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->