बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गण्डकी प्रदेश सभा भवनको शिलान्यास, २५ करोड ३७ लाखको लागत, ३ वर्षमा निर्माण सक्ने

गण्डकी प्रदेश सभा भवनको शिलान्यास, २५ करोड ३७ लाखको लागत, ३ वर्षमा निर्माण सक्ने


  • ढाेरपाटन संवाददाता
  • भाद्र ३ २०८२, मंगलबार

पोखरा / गण्डकी प्रदेश सभा भवनको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार शिलान्यास गरेका छन् । पोखरा–३ नदीपुरस्थित हालको प्रदेश सभाको भवन भन्दा केही पश्चिममा बन्न लागेको भवनको लागत २५ करोड ३७ लाख ८२ हजार ८६१ रुपैयाँ रहेको छ । २०८१ माघ १८ मा भएको सम्झाैता अनुसार आगमी २०८४ माघ १७ गते भवन निर्माण सम्पन्न गर्नुपर्नेछ ।

भवन निर्माणका लागि श्रेष्ठ एण्ड सन्स र इष्ट–वेष्ट जेभीसँग निर्माण सम्झौता भएको छ । भवन तोकिएको समयअघि नै सक्ने लक्ष्य लिइएको निर्माण कम्पनीले जनाएको छ । मुख्यमन्त्री पाण्डेले निर्माण अवधि ३ वर्षको भएपनि २ वर्षमै सकिदिन निर्माण व्यवसायीलाई निर्देशन दिए । ‘हाम्रै कार्यकालमा सभा बस्न मिल्ने गरी काम गरिदिनु होला,’ उनले भने ।  संसद् भवन बनाउनका लागि यसअघि डेढ अर्बको डीपीआर बनाइएको थियो । तर उक्त डीपीआर कार्यान्वयन गर्न नसक्ने भएपछि नयाँ डीपीआर बनाइएको हो । भवन निर्माणको योजना कार्यान्वयन सहरी विकास तथा भवन कार्यालय कास्कीले गर्ने सभामुख कृष्ण धितालले जानकारी दिए ।

भवन ७ रोपनी क्षेत्रफलमा बन्ने छ । चालु वर्षका लागि ९ करोड बजेट विनियोजन भएको छ । ०८१ साउन २१ मा बोलपत्र आह्वान गरिएकोमा ३५ निर्माण कम्पनीले भवन बनाउने प्रस्ताव पेस गरेका थिए । त्यसमध्ये २६ कम्पनी छनोट भएकोमा सबैभन्दा कम लागत प्रस्ताव गर्ने कम्पनी छनोट भएको हो । भवन ३ तलाको हुनेछ । भुइँतलामा ५ वटा संसदीय दलको कार्यालय, ५ वटा भीआईपी कार्यालय निर्माण हुनेछ । भीआईपी कार्यालयहरू मुख्यमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता र संसद् सचिवको हुने छन् । त्यसमाथिको तलामा संसद्को बैठक कक्ष बन्नेछ । ७८ जना अट्ने गरी बैठक कक्ष निर्माण हुँदै छ । दर्शक दीर्घाका लागि छुट्टै ८० जनाको कक्ष निर्माण हुन्छ । त्यसबाहेक सामान्य र भीआइपी कक्ष, मार्सल अफिस, कार्य व्यवस्था परामर्श समितिको बैठक कक्ष, लाइब्रेरी, भिडियो कन्फरेन्स हल र टिभी स्टुडियो हुनेछ । सँगै पार्किङ र चमेना गृह बनाइने छ ।


भवन निर्माणको केही काम अघि बढिसकेको सहरी विकास तथा भवन कार्यालय कास्कीका प्रमुख ओमराज ढुंगानाले बताए । अहिलेसम्म भवनको जमिनको सतहमुनि गर्नुपर्ने कामहरु सकिएका छन् । भवन ३ तलाको बन्नेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->