म्याग्दी/दुवै मृगौलामा समस्या देखिएका म्याग्दीको मंगला गाउँपालिका–१, भर्जुलाका सुसन किसानलाई स्वदेश तथा विदेशबाट १० लाखभन्दा बढी सहयोग भएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि रबिन्द्र पुन, कृष्ण सेन्च्यूरी र मनकुमार जुग्जालीको संयोजकत्वमा सुरूसुसन किसान उपचारार्थ सहयोग अभियानमा हालसम्म १० लाख ४४ ह जार २२१ रुपैयाँ संकलन भएको अभियानका शेरपुञ्जाले बताए ।
हाल पोखरामा नियमित हप्तामा दुईपटक डाइलासिस गराइरहेका किसानको मृगौला प्रत्यारोपण सहित नियमित औषधि उपचार सहितका लागि थप खर्चहरु लाग्ने भएकाले सहयोग अभियान जारी रहेको छ । ‘दुवै मृगौलाले काम गर्न छोडेको छ । नियमित डायलासिसपछि मृगौला फेर्नु बाहेक अन्य उपाय छैन’’ पीडित किसानले भने ।
गाउँका सक्रिय यूवा किसानको अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारको क्रममा दुबै मृगौलामा खरावी भएको चिकित्सकले बताएसँगै आर्थिक संकलन अभियान सुरु भएको थियो ।





