आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङमा अनिश्चितकालिन कर्फ्यू

बागलुङमा अनिश्चितकालिन कर्फ्यू


  • ढोरपाटन संवाददाता
  • भाद्र २५ २०८२, बुधबार

बागलुङ/जिल्ला प्रशासन कार्यालय बागलुङले बुधबार बिहान ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम अर्को आदेश नआउञ्जेलसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले जारी गरेको सूचनामा उल्लेख छ ।

बागलुङ नगरपालिका वडा नं. १, २, ३ र ४ भित्रका सबै क्षेत्रह, गलकोट नगरपालिका– ३, ५ र ६, जैमिनी नगरपालिका–१ र ढोरपाटन नगरपालिका–१, २ र ३ मा कर्फ्यू आदेश जारी गरिएको हो ।

कर्फ्यू जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता कार्यकम गर्न निषेध गरिएको छ । उक्त अवधिमा यस आदेशको अवज्ञा गर्ने वा आदेशको पालना गर्ने/गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानुन बमोजिम कारवाही हुने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->