पोखरा/ पोखरा महानगरपालिकाले जेन जी को आन्दोलनका क्रममा पोखरा महानगरपालिकाको प्रशासनिक भवन र वडा कार्यालयहरुमा समेत क्षति पुगेकोले अत्यावस्यक सेवाबाहेकका अन्य सेवा प्रवाह वन्द रहने जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले आज एक हस्तलिखित सूचना जारी गर्दै उत्पन्न विषम परिस्थिति र जिल्ला प्रशासन कार्यालय कास्कीले समेत कफ्र्यु लगाएको अवस्थामा सेवा प्रवाह वन्द रहने जनाएका हुन् ।





