बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पोखराका क्षतिग्रस्त प्रहरी कार्यालयहरु पुननिर्माणमा स्थानीय र व्यवसायीले सघाउने

पोखराका क्षतिग्रस्त प्रहरी कार्यालयहरु पुननिर्माणमा स्थानीय र व्यवसायीले सघाउने


  • ढाेरपाटन संवाददाता
  • भाद्र २७ २०८२, शुक्रबार

पोखरा/ जेन जी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेका जिल्ला प्रहरी कार्यालय कास्कीलगायत पोखराका सम्पूर्ण प्रहरी युनिटहरुको पुनर्निर्माणमा स्थानीय व्यवसायी, सर्वसाधारण र समाजसेवीले सघाउने भएका छन् ।

पोखरामा वडा प्रहरी कार्यालय बैदाम बाहेक अस्थायीसहित प्रहरीका सबै युनिट प्रदर्शनकारीले ध्वस्त पारिदिएका छन् । अहिले क्षतिग्रस्त प्रहरी युनिट र क्षतिको विवरण संकलन भइरहेकाले के कति क्षति र कार्यालयहरु कस्तो अवस्थामा छन् भन्न नसकिने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरिबहादुर बस्नेतले बताएका छन् । उनका अनुसार स्थानीय समाजसेवाी, उद्योगी, व्यापारी, व्यवसायीलगायतले पोखराका सम्पूर्ण प्रहरी भवन आफूहरुले बनाइदिने बताएका छन् र आवस्यक सहयोग पनि सुरु गरेका छन् ।

‘कार्यालय पुनस्र्थापना गरी कार्यालयमा चाहिने फर्निचरलगायत आवस्यक सामानसमेत किनिदिने बताउनु भएको छ’, बस्नेतले भने । जेन जीको प्रदर्शनका क्रममा भदौ २४ मा पोखराका प्रहरी कार्यालयहरुमा तोडफोड र आगजनी हुँदा प्रहरीले नियमित काम समेत गर्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->