पोखरा/ पोखरा लोकदोहोरी रेष्टुरेन्ट व्यवसायी संघले जिल्ला प्रहरी कार्यालय कास्कीलाई ३ थान कम्प्युटर र २ वटा प्रिन्टर सहयोग प्रदान गरेको छ । संघका पदाधिकरी जिल्ला प्रहरी कार्यालयमै पुगेर उक्त सहयोग गरेका हुन् ।
जेन जी को प्रदर्शनका क्रममा अराजक समुहले भदौ २४ गते साँझ जिल्ला प्रहरी कार्यालय कास्कीमा तोडफोड र आगजनी गरेको थियो । आगजनीबाट कार्यालयका सबै सामाग्री जलेर नष्ट भएका थिए । सानै भए पनि तत्काल आवस्यक पर्ने कम्प्युटर र प्रिन्टर दिएर प्रहरीको कामलाई सहज बनाउने उद्देश्यले सहयोग गरिएको संघका सल्लाहकार जयकुमार परियारले बताए । संघका अध्यक्ष जीवन गुरुङ, सचिव दिलु लामा मोक्तानलगायतले उक्त सहयोग हस्तान्तरण गरेका थिए ।





