बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चोरीको सामानसहित एक पक्राउ

चोरीको सामानसहित एक पक्राउ

पोखरा १४ चाउथेमा दुइ वटा घरमा चोरी गर्ने बुटवल उपमहानगरपालिका ९ घर भइ हाल चाउथे बस्दै आएका ३१ वर्षका मोती गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।


  • ढोरपाटन संवाददाता
  • असोज ३ २०८२, शुक्रबार

पोखरा/पोखरामा प्रहरीले चोरीको सामानसहित एक जनालाई पक्राउ गरेको छ । २४ गते साँझ करिब ७ बजेको समयमा पोखरा १४ चाउथेमा दुइ वटा घरमा चोरी गर्ने बुटवल उपमहानगरपालिका ९ घर भइ हाल चाउथे बस्दै आएका ३१ वर्षका मोती गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

गुरुङको घर खानतलासी गर्दाठूलो मात्रामा सुनका गहना भेटिएको थियो । उनको घरबाट छड्के तिलहरी १ थान, रातो पोतेसहितको माइली तिलहरी २ थान, रातो गेडी सहितको जन्तर १ थान, मिनिहार १ थान, बाला ३ थान, चन्द्रमा २ थान, कानमा लगाउने झुम्का २ थान, कानमा लगाउने बंगाली टप २ थान, बंगाली औठी १ थान, हेक्सा ब्लेड ४ थान, फलामको छिनो १ थान, फलामको रड १ थान, चरेशको थाल २ थान, तामाको पाला (दियो) ४ थान, मोवाइल १ थान, तीन हजार पाँच सय १३ रुपैयाँ, कोरियन पैसा ४६ हजार, मलेसियाको पैसा आरएम चार सय र अमेरिकी एक डलर बरामद भएको हो ।

२४ गते जेनजी आन्दोलन निकै हिंसात्मक बन्दा देशका पोखरालगायत गण्डकीका विभिन्न स्थानमा आगजानी, लुटपाट, चोरी लगायतका घटनाहरु भएका छन् ।

सोही क्रममा चाउथेमा कोही नभएको घरमा सुन चाँदीका गरगहना र नगद रकम चोरी भएको थियो । उनले दुइ वटा घरमा चोरी गरेको र अदालतबाट चोरी सम्बन्धि कसूरमा १० दिन म्याद थप गरि अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->