बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ समाज पोखराको शुभकामना आदानप्रदान

बागलुङ समाज पोखराको शुभकामना आदानप्रदान


  • ढाेरपाटन संवाददाता
  • असोज ४ २०८२, शनिबार

पोखरा/ बागलुङ समाज पोखराले विजया दशमी, दीपावली, छठ र नेपाल संवतजस्ता चाडहरुको अवसरमा शनिवार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उक्त अवसरमा शुभकामना दिदै जेन जी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानविन हुनुपर्ने बताए । जेन जी ले उठाएका विषयप्रति समर्थन जनाउँदै मन्त्री पाठकले राजनीतिक दल र नेताहरु पनि सच्चिनुपर्ने धारणा व्यक्त गरे ।

समाजका अध्यक्ष ठाकुरप्रसाद सापकोटाले बागलुङका विभिन्न स्थानबाट आई पोखरामा खोलिएका अन्तर समाजहरुलाई एकै ठाउँमा ल्याएर समाजलाई थप क्रियाशील र प्रभावकारी बनाउन लागिपरेको बताए । कार्यक्रममा समाजका पूर्वअध्यक्षद्वय भीमबहादुर श्रीस र कुलचन्द्र शर्माले पनि शुभकामना मन्तव्य दिएका थिए । समाजका उपाध्यक्ष नरेश सुवेदीले स्वागत, सचिव गंगबहादुर पुनले सञ्चालन गरेको कार्यक्रममा पत्रकारहरु हरिनारायण गौतम र रुद्रबहादुर श्रीसलगायतले पनि आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->