पोखरा/ लालीगुराँस एशोसियसन (एलजी) युकेको सहयोगमा पोखरा १७ दोबिल्लामा रहेको सुर्यबहादुर केसी स्मृति सहारा आवसिय फुटबल एकेडेमीका ३० जना बालकहरुलाई ट्रयाक सुट प्रदान गरिएको छ ।
एलजी नेपालका संस्थापक एवम् एलजी फेष्ट कार्यक्रम युकेका संयोजक राजेन्द्र गुरुङ (कान्छा) को पहलमा युकेमा आयोजित एलजी फेष्टमा संकलित रकमबाट एलजी नेपालका अध्यक्ष डम्मरजंग गुरुङको सहकार्यमा उक्त सहयोग गरिएको हो । सो अवसरमा वोल्दै एलजी नेपालका अध्यक्ष डम्मरजंग गुरुङले एशोसियशनले सामाजिक कामहरु गर्दै आइरहेको सन्दर्भमा एलजी फेष्टमा संकलित रकमबाट सहयोग गरिएको बताए ।
त्यस्तै एलजी एशोसियसनका वरिष्ठ सल्लाहकार सुनिल गुरुङले एलजीले स्वदेश तथा विदेशमा समेत संगठित भइ एलजी फेष्टको आयोजना गरि नेपालमा सामाजिक कामलाई निरन्तरता दिएकोमा धन्यवाद ब्यक्त गर्दै एलजिको सामाजिक काममा सधै साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गरे । सो अवसरमा सहारा क्लवका अध्यक्ष केशवराज बरालले सबैप्रति धन्यवाद दिए ।
सो अवसरमा एलजीका सल्लहाकार चन्द्रमान गुरुङ, सन्तोष कार्की र सदस्य नसिव गुरुङ, संगम क्लब पोखराका पूर्व अध्यक्ष राजु गुरुङको उपस्थिति थियो भने क्लबको तर्फबाट अध्यक्ष केशबराज बराल, वरिष्ठ उपाध्यक्ष एवम् एकेडेमी संयोजक पूर्ण गुरुङ, पूर्व अध्यक्षहरु विक्रम थकाली, केशबबहादुर थापा, हरिराम गुरुङ, उपाध्यक्ष चित्रबहादुर पुन, कोषाध्यक्ष बिनु राना, कार्यसमिति सदस्य अमर राजभण्डारी, एकेडेमी व्यवस्थापन समितिको सह संयोजक विश्वराज बराल, सदस्य लिलबहादुर थापाको उपस्थिति रहेको थियो ।





