बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

म्याग्दी प्रशासनले भन्यो, ‘अत्यावश्यक बाहेक २० गतेसम्म यात्रामा ननिस्कनु’

म्याग्दी प्रशासनले भन्यो, ‘अत्यावश्यक बाहेक २० गतेसम्म यात्रामा ननिस्कनु’


  • हरिकृष्ण गौतम
  • असोज १७ २०८२, शुक्रबार

म्याग्दी / जिल्ला प्रशासन कार्यालय म्याग्दीले यही असोज १७ देखि २० गतेसम्म गण्डकी प्रदेशमा अत्याधिक वर्षाको प्रभाव म्याग्दी जिल्लामा समेत पर्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको धेरै बर्षा हुने सूचीमा गण्डकी प्रदेशलाई समेत राखेपछि जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको हो । प्रशासनले विशेषगरी यात्रा गर्नु अगाडी मौसम तथा सडकको अवस्था बुझेर यात्रा गर्न, साँझ ६ बजे अगाडी नै सुरक्षित स्थानमा पुग्न, विपद्को जोखिम भए तत्काल पूर्वतयारीमा जुट्न, सञ्चारका उपकरण तयारी, अधिक वर्षा हुने समय अवधिभरलाई कम्तिमा तीनदिनसम्मका लागि खाद्यान्न ब्यवस्थापन गर्न, पदयात्रामा निस्किएकालाई सूचना दिन, स्थानीय तहले पूर्व तयारी तथा आपतकालिन उद्धारका लागि आवश्यक पर्ने एम्बुलेन्स सहित सवारीसाधनलाई समेत तयारी अवस्थामा राख्न समेत सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए ।

प्रजिअ तिवारीले भने, ‘म्याग्दी र मुस्ताङमा यात्रा गर्ने यात्रुलाई विशेष ध्यान दिन अनुरोध छ, सडकखण्डमा बाढीपहिरोले समस्यामा पर्न सकिन्छ ।’ जिल्लाका मुख्य म्याग्दी, कालिगण्डकी, रघुघाट नदी सहित साना खोला–नालामा आकस्मिक बाढी आउन सक्ने, पहिरो तथा भू–क्षयजस्ता विपद्लाई मध्यनजर गरी तटिय क्षेत्रमा समेत आवतजावत तथा अत्यावश्यक बाहेक रात्रीकालीन समयमा सवारी संचालन नगर्न समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->