बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने पक्राउ

नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने पक्राउ


  • ढाेरपाटन संवाददाता
  • असोज २८ २०८२, मंगलबार

पोखरा/ नक्कली पेस्तोल देखाएर चोरी तथा लुटपाट गरेको आरोपमा पर्वतको मोदी गाउँपालिका–१ स्थायी ठेगना भई पोखरा महानगरपालिका–२० भलाम बस्दै आएको २४ वर्षीय सुजन विक पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले उनलाई सोमबारपक्राउ गरेको हो ।

बिकले सोमबार राती ८ बजेर ५० मिेटनको समयमा पोखरा–१२ शितलादेवी बस्ने देवीकला अधिकारीको घरमा पेस्तोल देखाई लुटपाट गर्न खोजेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरि बस्नेतले बताए। यसबारे सूचना पाउनासाथ खटिएको प्रहरी टोलीले उनलाई नक्कली पेस्तोलसहित पक्राउ गरेको हो । उनले प्रयोग गर्ने ग१३प ९८३२ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->