बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरामा जुवा खेलिरहेका २० जना करिब ६ लाखसहित पक्राउ

पोखरामा जुवा खेलिरहेका २० जना करिब ६ लाखसहित पक्राउ

जुवातास तथा यसबाट उत्पन्न हुन सक्ने कुनै पनि प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रणको लागि कास्की प्रहरीले तिहारको अवसरमा निगरानी बढाइरहेको छ ।


  • संजय रेग्मी
  • कार्तिक ४ २०८२, मंगलबार

पर्वत/जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न तीन स्थानबाट जुवा तास खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पोखराका विभिन्न तीन स्थानबाट पक्राउ गरिएका उनीहरूको साथबाट नगद छ लाख दुई हजार एक सय पाँच रुपैयाँ बरामद भएको छ ।

पोखरा महानगरपालिका–९ नयाँ बजारमा जुवा तास खेलिरहेका र खेलाउने पाँच जना पक्राउ परेका छन् । उनीहरूको साथबाट दुई लाख ५१ हजार चार सय ४५ रुपैयाँ बरामद भएको छ । पोखरा महानगरपालिका–२६ विजयपुर स्थित लप्सी बोट सामुदायिक जङ्गलमा कौडा खेलिरहेको र खेलाउने सात जना व्यक्तिहरू पक्राउ परेका छन् । उनीहरूको साथबाट ७७ हजार दुई सय पाँच रुपैयाँ बरामद भएको छ ।

यस्तै पोखरा महानगरपालिका–२ मोहरिया टोलमा पनि जुवा तास खेलिरहेका र खेलाउने आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट दुई लाख ७३ हजार चार सय ४५ रुपैयाँ बरामद भएको छ ।

जुवातास तथा यसबाट उत्पन्न हुन सक्ने कुनै पनि प्रकारका आपराधिक क्रियाकलाप नियन्त्रणको लागि कास्की प्रहरीले तिहारको अवसरमा निगरानी बढाइरहेको छ । अहिले पक्राउ परेका २० जनामाथि अनुसन्धान भइरहेको र सूचनाका आधारमा अन्य स्थानहरूमा पनि निगरानी बढाइएको सूचना अधिकारी बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->