बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कास्की प्रशासनमा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता सुरु

कास्की प्रशासनमा राष्ट्रिय परिचय पत्रको विवरण दर्ता सुरु

जेन जी आन्दोलनपछि इलाका प्रशासन कार्यालय लेखनाथबाट विवरण दर्ताको काम हुँदै आएको थियो ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०८२, बिहिबार
फाइल तस्विर

पोखरा/ जेन जी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीमा आगजनी र तोडफोड भएपछि बन्द राष्ट्रिय परिचय पत्र विवरण दर्ताको काम बुधवारदेखि सूचारु भएको छ ।

कम्प्युटर, प्रिन्टर, क्यामेरासहित विद्युतीय उपकरणको व्यवस्था भएसंगै विवरण दर्ता सुरु गरिएको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालका अनुसार कास्की जिल्लाभित्र स्थायी ठेगाना भएका सेवाग्राहीको मात्र विवरण दर्ता सुरू गरिएको हो ।

यो संगै कार्यालयबाट प्रवाह हुने सबै सेवा सञ्चालनमा आएको उनले बताए । पहिल्यै विवरण दर्ता भएर प्रिन्ट भएका कार्ड बुझ्न आउन पछि सूचित गरिने प्रशासनको सूचनामा उल्लेख छ । आन्दोलनपछि इलाका प्रशासन कार्यालय लेखनाथबाट विवरण दर्ताको काम हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->