पोखरा / पोखरा महानगरपालिका वडा नम्वर ३२ मा रहेको राधाकृष्ण बृद्धाश्रमले आश्रमलाई सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान गरेको छ ।
आश्रम स्थापना कालदेखि ज्येष्ठ नागरिकका लागि आवस्यक भौतिक संरचना र आर्थिक सहयोग पु¥याउदै आएका विदेशी नागरिक क्रिस्ट्रफर स्वीफर र सहयोगी सस्था सिड फाउण्डेसन कास्कीलाई एक कार्यक्रममा विच सम्मान गरेको हो । आश्रममा रहेका वृद्धवृद्धाको पालनपोषणमा सहयोग पुग्ने गरि सिड फाउण्डेसन मार्फत किस्ट्रफरले गरेको सहयोगको उच्च कदर गर्दै आश्रमको तर्फबाट सम्मान गरिएको हो ।
राधाकृष्ण बृद्धाश्रमका अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा विदेशी सहयोगी दाता क्रिस्ट्रफर स्वीफरले मानिस जन्मीए पछि उमेर घर्कदै जाँदा बृद्ध हुने भएकाले उनिहरुको आवस्यकता अनुरुप छोराछोरीले सेवा गर्न नसक्दा बृद्धाआश्रममा जाने प्रचलन नेपालमा मात्र नभई विदेशमा पनि भएकाले ज्येष्ठ नागरिकको सेवा गरेर उनिहरुको ईच्छा पुरा गर्न सक्यो भने सवै भन्दा ठुलो पुण्य मिल्ने विचार राखेका थिए ।
कार्यक्रममा सिड फाउण्डेसन कास्कीका नवनिर्वाचित अध्यक्ष मदन थापाले जेष्ठ नागरिकको हकमा विगत देखि अहिलेसम्म सहयोग गर्दै आएको र आगामी दिनमा पनि अन्य सहयोगी दाताहरुको खोजी गरि बृद्ध बृद्धाको लागी आवस्यक पर्ने खाद्यान्न देखि औषधी उपचारमा पनि सहयोग गर्दै जाने विश्वास दिलाएका थिए ।
सस्थापक अध्यक्ष प्रेम लिगलले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रथम उपाध्यक्ष सोभामोहन पौडेल, द्वितीय उपाध्यक्ष सनवहादुर गुरुङ, उप महासचिव सञ्जिवकुमार ढेवाजु र शान्ति आश्रमका सह अध्यक्ष गणेशवहादुर खत्री लगाएतले आ आफनो धारणा राखेका थिए ।





