बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ठूलो मात्रामा लागूऔषधसहित दुई जना पक्राउ

ठूलो मात्रामा लागूऔषधसहित दुई जना पक्राउ

पोखरा-१२ का २२ वर्षिय राहुल घले र पोखरा-१८ का ३१ वर्षिय सुदिप विश्वकर्मा विक्रि गर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०८२, शुक्रबार

पोखरा/पोखरामा ठूलो मात्रामा लागूऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १७छोरेपाटनमा बुधबार राती करिब ८ बजेर ५० मिनेटको समयमा दुई युवालाई लागूऔषध विक्रि गर्दैगर्दा पक्राउ गरेको हो ।

पोखरा १२ का २२ वर्षिय राहुल घले र पोखरा १८ का ३१ वर्षिय सुदिप विश्वकर्माले विक्रि गर्दै गरेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका दुई जनालाई खानतलासी गर्दा कुल चार सय ४३ एम्पुल लागूऔषध बरामद भएको हो । जसमध्ये डाइजापाम एक सय ४९ एम्पुल, फेनारगन एक सय ४७ एम्पुल र नुर्फिन एक सय ४७ एम्पुल बरामद भएको हो । साथै २ थान मोबाइल समेत बरामद गरेको सूचना अधिकारी बस्नेतले बताए । उनीहरु विरुद्ध लागूऔषध सम्बन्धि मुद्धामा पाँच दिन म्याद थप गरि थप अनुसन्धान प्रकृया अघि बढाएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->