बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

कारागारबाट भागेका कैदी प्रहरी कार्यालयमा नै चोरी गर्दा पक्राउ

कारागारबाट भागेका कैदी प्रहरी कार्यालयमा नै चोरी गर्दा पक्राउ

कार्यालयमा कोही नहुँदा उनले क्यामेरा र मोटरसाइकल चोरी गरेको प्रमुख डीएसपी नमराज भट्टराईले बताए ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०८२, शुक्रबार

पोखरा / जेनजी आन्दोलनको क्रममा पोखरास्थित वडा प्रहरी कार्यालय बैदामबाट क्यामेरा र मोटरसाइकल चोरी गर्ने युवक पक्राउ परेका छन् । बैदाम प्रहरीको टोलीले पोखरा महानगरपालिका–७ घारीपाटन बस्ने २६ वर्षीय विवश जलारीलाई पक्राउ गरेको हो ।

उनी कारागार कार्यालय कास्कीबाट भागेर चोरी गर्न बैदाम प्रहरी कार्यालय पुगेका थिए । उनले क्यानोन क्यामेरा र एनएस पल्सर मोटरसाइकल चोरी गरेका थिए । उनी ज्यान मार्ने उद्योग मुद्दामा कास्की कारागारमा थुनामा थिए ।

कार्यालयमा कोही नहुँदा उनले क्यामेरा र मोटरसाइकल चोरी गरेको प्रमुख डीएसपी नमराज भट्टराईले बताए । ‘आधा घण्टा, एक घण्टा कार्यालयमा कोही नभएको अवस्था थियो । त्यहीबेला चोरी भएको हो,’ उनले भने ।

जलारीले चोरी गरेको बाइक नम्बर प्लेट नभएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए । उनीमाथि शुक्रबार आपराधिक उपद्रवसम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरेर अनुसन्धान सुरू भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->