बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकी प्रदेश सभाको बैठक कात्तिक २४ मा

गण्डकी प्रदेश सभाको बैठक कात्तिक २४ मा


  • ढोरपाटन संवाददाता
  • कार्तिक १८ २०८२, मंगलबार

पोखरा/ जेन जी आन्दोलन र प्रदर्शनका क्रममा आगजनीबाट गण्डकी प्रदेश सभाका संरचना खण्डहर बनेपछि स्थगीत स्थगित गण्डकी प्रदेशसभाको बैठक कात्तिक २४ गते बस्ने भएको छ ।

सभामुख कृष्णप्रसाद धितालले चालु बर्खे अधिवेशनको २७ औं बैठक उक्त दिन दिउँसो १ बजे पोखराको मालेपाटनस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाहलमा बस्ने मंगलबार मिति र स्थान तोकेको प्रदेश सभा सचिव गोविन्द पौडेलले सूचनामार्फत जनाएका छन् । संसद् सचिवालयमा दुई वटा विधेयक दर्ता भएका छन् । चालु अधिवेशनमा गाँजासम्बन्धी विधेयक र गण्डकी विश्वविद्यालय ऐन संशोधन विधेयकलाई सम्बन्धित समितिमा छलफलका लागि पठाउने तयारी छ । यसबाहेक खानी तथा खनिजसम्बन्धी विधेयक पारीत गर्ने योजना संसदको छ ।

बैठक सञ्चालन गर्न साउन्ड सिस्टम भाडामा लिने तयारी रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी शशीधर सुवेदीले बताए । बैठक चलाउन आवश्यक कुर्सी–टेबलसहित बस्ने व्यवस्थापन भइसकेको छ । प्रदेश सभाको बैठक भदौ २५ गते दिउँसो १ बजे बोलाइएको थियो । तर, भदौ २४ मा आन्दोलन चर्किएपछि भोलिपल्ट बस्ने भनिएको बैठक अनिश्चितकाललाई स्थगित भयो ।

भदौ २४ मा आगजनीबाट संसद्का संरचना सबै ध्वस्त भए । यसकारण मन्त्रालयको सभाहलमा बस्ने गरी असोज २२ मा बैठक बोलाइयो । संसद्मा रहेका दलले आन्दोलन सेलाइनसकेको र तत्काल बैठक गर्नु ठीक नहुने सुझाव दिएपछि उक्त दिनको बैठक अन्तिम समयमा अनिश्चितकाललाई स्थगित गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->