आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा

पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८२, बिहिबार

काठमाडौं / पूर्वसभामुख एवं तत्कालिन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा २० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । उनलाई उच्च अदालत पाटनले आजै धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो । उनलाई गत असोज २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो । २०७९ पुस १० मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेश ल्याएका थिए । उक्त सुटकेशभित्र ७३ वटा बट्टामा रहेका ७३० थान भेप ल्याएको भनिए पनि उक्त भेपमा भने ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन लुकाएर ल्याइएको थियो ।

उक्त सुन भन्सारका नासु रेवनत खड्का समेतको मिलेमतोमा बेचिएको अनुसन्धानले खुलाएको थियो । उक्त सुन छुटाउन भन्दै महराले भन्सारमा दबाब दिएको आरोप लागेको थियो । यो प्रकरणका उनका छोरा राहुल महरा यसअघि पक्राउ परेर कारागार समेत चलान भएका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->