आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा खानी र विश्वविद्यालयसम्बन्धी दुई विधेयक प्रमाणीकरण

गण्डकी प्रदेश प्रमुख भट्टद्वारा खानी र विश्वविद्यालयसम्बन्धी दुई विधेयक प्रमाणीकरण


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८२, बिहिबार

 

पोखरा / गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘गण्डकी विश्वविद्यालय ऐन (पहिलो संशोधन) विधेयक, २०८२’ विहीबार प्रमाणीकरण गरेका छन् । दुवै विधेयक प्रदेशसभाबाट केही समय अघिमात्र पारित भएका थिए ।

नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम ती विधेयक प्रमाणीकरण गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रविण पौडेलले जानकारी दिए । गण्डकी प्रदेशसभाबाट पारित तथा सभामुखबाट प्रमाणित भई मंसिर ९ गते ती विधेयकहरू प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएका थिए । प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि विधेयक ऐनको रुपमा परिणत भएर कार्यान्वयनमा जान्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->