आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

विद्यार्थीलाई लायन्स पञ्चकोटको कानूनी सचेतना

विद्यार्थीलाई लायन्स पञ्चकोटको कानूनी सचेतना


  • ढाेरपाटन संवाददाता
  • मंसिर ११ २०८२, बिहिबार

बागलुङ/लायन्स क्लब अफ बागलुङ पञ्चकोटको आयोजनामा बागलुङको कालीका कन्या माविमा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । विद्यालय क्षेत्रमा कानूनको अनविज्ञताले धेरै समस्या आउने गरेको, कुलतको समस्या बढेको जस्ता कारणले लायन्त क्लबले कानूनी सचेतना गरेको हो ।

उक्त अवसरमा लागूऔषध दुव्र्यसन, बालअधिकार, बालविवाह र बालयौन दुव्र्यवहारबारे माध्यामिक तहका विद्यार्थीलाई सचेतना दिइएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै बागलुङ नगरपालिका वडा नं. ३ का अध्यक्ष सनि केसीले अनुशासन नै बालबालिकाको पहिलो गहना भएको भन्दै कानूनी सचेतनाले विद्यार्थीको भविष्य उज्वल बन्ने बताए । उनले अपराधरहित समाज बनाउन विद्यालयमै कानूनको ज्ञान हुनुपर्ने पनि बताए ।

लायन्य क्लब अफ बागलुङ पञ्चकोटका अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षता, सचिव गोविन्द सुवेदीको संचालन र लायन्स क्लब ३२५ जेका रिजन चियरपर्सन रमेश शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा लायन्सको काम कर्तव्य र अधिकारबारे लायन्स क्लब ३२५ जेका डिस्ट्रक चिफ गणेशराज लम्सालले जानकारी गराएका थिए ।

सचेतनाको अवसरमा अधिवक्ता हरिप्रसाद गौतमले बालयौन दुव्र्यवहार, अधिवक्ता प्रकाश बरालले बालअधिकार र बालविवाह तथा कानूनका विद्यार्थी प्रविन हमालले लागूऔषध दुव्र्यसनबारे सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->