आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एमाले बागलुङका ११ जना महाधिवेशन प्रतिनिधी सर्वसम्मत

एमाले बागलुङका ११ जना महाधिवेशन प्रतिनिधी सर्वसम्मत

केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, सुर्य पाठक, सावित्रा राना, जिल्ला अध्यक्ष हिरावहादुर खत्री र क्षेत्रिय संयोजक धन बहादुर परियार रहेको समितिले टुंगो लगाएको हो ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०८२, शुक्रबार

बागलुङ / नेकपा एमालेको ११औं महाधिवेशनका लागि बागलुङबाट सवै प्रतिनिधी सर्वसम्मत रुपमा चुनिएका छन् । बागलुङको संघिय निर्वाचन क्षेत्र नं. १ बाट ६ जना, क्षेत्र नं. २ बाट ४ जना र दलित कलष्टरबाट १ जना गरी कुल ११ जना महाधिवेशन प्रतिनिधी सर्वसम्मत रुपमा चयन भएका हुन् ।

क्षेत्र नं. १ को खुलातर्फ ३ जनामा हिरावहादुर खत्री, गणेश थापा र लाल वहादुर थापा, महिलातर्फ २ जनामा ममतादेवी शर्मा र सरस्वती खड्का परियार, युवातर्फ १ जनामा सिर्जना पन्त सर्वसम्मत भएका हुन् ।

आकाँक्षीको विच सहमती नजुटेपछि दावी गरेका ३९ जनाले नै ६ जनाको नाम टुंगो लगाउने जिम्मा नेतृत्वलाई दिएका थिए । केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, सुर्य पाठक, सावित्रा राना, जिल्ला अध्यक्ष हिरावहादुर खत्री र क्षेत्रिय संयोजक धन बहादुर परियार रहेको समितिले उनीहरुको नाम टुंगो लगाएको हो ।

दलित कलष्टरबाट धन बहादुर परियार र क्षेत्र नं. २ को खुलातर्फ भीम प्रसाद शेरचन ‘सुनिल’ र टंक पौडेल, महिलातर्फ करमती पुन र युवातर्फ दान बहादुर श्रीस बिहिवार नै सर्वसम्मत रुपमा चयन भएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->