आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

दुई तिहाइले मात्र केही लछार्ने रहेनछ– प्रचण्ड

दुई तिहाइले मात्र केही लछार्ने रहेनछ– प्रचण्ड


  • ढाेरपाटन संवाददाता
  • मंसिर १४ २०८२, आइतबार

पोखरा/  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा धेरै सिट ल्याउने उद्देश्यले मात्र कम्युनिष्ट घटकहरुबीच पार्टी एकता नभएको बताएका छन् । उनले कांग्रेस र एमालेको झन्डै दुई तिहाइको सरकारले केही नलछारेको बरु भागाभागको अवस्था आएको बताए ।

पोखरामा आज आयोजित पार्टीको गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले चुनावले मात्र केही नगर्ने बताएका हुन् । ‘पार्टी एकता चुनावमा गएर, धेरै सिट ल्याएर सरकार बनाउने उद्देश्यले मात्र भएको होइन’, प्रचण्डले भने, ‘के कुरा पुष्टी भयो भने कांग्रेस र एमालेबचि २ तिहाई थियो के लछारो त्यो दुई तिहाईले । भागाभाग । त्यो घमण्ड र अहंकार चल्दैन अव ।’ यसैगरी बंगलादेशमा एउटै पार्टीले दुई तिहाई ल्याए पनि भाग्नु परेको उदाहरण उनले दिए ।
उनले राष्ट्र जोगाउन राष्ट्रिय चेतना चाहिने बताए । अव पनि नेपाली जनता, देशभक्त र बामपन्थी शक्तिहरुमा राष्ट्रिय चेतना नआएमा देशमा फेरी पनि संकट आउनसक्ने दावी गरे । ‘देशमा संकट टरीसकेको छैन, प्रतिक्रियावादी र साम्राज्यवादीहरु कुनै पनि बेला कुनै पनि रुपमा फेरी देशमा चलखेल गर्न चाहिरहेका छन्’ प्रचण्डले भने, ‘देशमा जनता संगठित र सचेत हुनुपर्छ । नभए फेरी अर्को संकट उत्पन्न हुनसक्छ । यही राष्ट्रिय चेतना जगाउन कम्युनिष्ट घटकबीच एकता भएको हो ।’ राष्ट्र अझै पनि संकटमा रहेकाले सबै बामपन्थी र र देशभक्त मिलेमात्र देश जोगाउन सकिन्छ भनेर नै कम्युनिष्ट एकता आवस्यकता हो भनेर एकताको महाअभियान थालिएको उनले बताए । सभा राष्ट्रिय शक्ति निर्माणको अभियान रहेको उनको भनाई थियो ।

सुशासनको पक्ष, भ्रष्टाचार विरुद्ध र सामाजिक सञ्जाल सञ्चालन, स्थायित्व र रुपान्तरणको पक्षमा जेन जी आन्दोलन भएको भन्दै उनले यसले नेपालका सबै दल र नेताहरुमा गम्भिर रुपमा आत्मालोचना गर्न बाध्य पारेको उनले सुनाए । ‘हामीले जेजति गरेका थियौ, प्रयाप्त रहेनछ । गम्भिर आत्मसमिक्षा र आत्मालोचना गर्दै नेपाली जनतासंग नयाँ शिराबाट सम्बन्ध स्थापित गर्ने अवस्था आएको छ’, उनले भने, ‘जेनजीको मुद्धालाई समर्थन गर्ने, जेनजी माथी भएको दमन र हत्याको भन्डाफोर, मृतक जेनजीलाई सहिद घोषणा र सरकारलाई राजीनामा दिन दवाव दिने काममा हामी पहिलो पार्टी बन्यौ ।’

एकता सन्देश सभालाई उनले आत्मालोचना सभाको संज्ञा दिए । विगतमा भएका कमीकमजोरीप्रति आत्मसमिक्षा गर्ने, अव त्यस्तो गर्दैनौ भन्ने संकल्प गर्न आएकाले संकल्प सभा पनि उनले भने । ठूलो संख्यामा कम्युनिष्ट पार्टीहरुबीच एकता भएको पहिलो घटना भएको भन्दै उनले राष्ट्रमाथि आएको समस्या समाधन गर्न फेरी एकपटक प्रतिवद्धता व्यक्त गर्न आएको उल्लेख गरे । जेन जी आन्दोलन पछि अहिलेको संविधान च्यातिन्छ की रहन्छ भन्ने द्विविधा र ठूलो सन्त्रास रहेका बेला आफु र माधव कुमार नेपालसहितले राष्ट्रपतिसंग छलफल गरेर संविधान बचाएको दावी उनको थियो । यसअघि यति ठूलो मात्रामा राष्ट्रिय सम्पदाको विध्वसं नभएको भन्दै उनले देश राज्यविहीन अवस्थामा पुगेको र राष्ट्र नै रहने होकी नरहने भन्ने सन्त्रास भएको बेला संविधान र राष्ट्रपति संस्थालाई बचाएर राजनीतिक निकास आफुहरुले दिलाएको उनले बताए । अहिलेको अन्तरीम सरकार र निर्वाचनको मिति घोषणा भदौ २६ गते रातीको आफुहरुको सहजीकरणबाट संभव भएको र अव सबै एक भएर राष्ट्रिय स्वतन्त्र र स्वाधिनताको लागि अगाडी आउने पर्ने बेला भएको उनले बताए । ‘देशको स्वाधिनता र नेपाली जनताको आत्मनिर्णयको अधिकार खोसिएको र त्यो अधिकार स्थापित गर्ने अभिभारा तपाई हाम्रो काँधमा छ’ उनले भने ।

आफ्नो सरकारले भ्रष्टाचारका बिरुद्ध अभियान छेड्न लाग्दा हटाइएको उनले दोहोर्याए । अहिले फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन हुन्छकी हुदैन भन्ने द्विविधा रहेको भन्दै उनले चुनाव हुने ठोकुवा गरे । नेपाली कम्यनिष्ट पार्टीले देशैभरी चुनावी माहौल बनाएको, छिमेकीले पनि चुनाव होस भन्ने चाहेका, सरकार पनि लागिपरेको अवस्थाले निर्वाचन हुनेमा उनी विश्वस्त देखिए । तर निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र स्वतन्त्रपूर्वक हुनुपर्नेमा उनले जोड दिए ।
उनले बाँकी कम्युनिष्ट घटकलाई एकतामा ल्याउने प्रक्रियामा रहेको र सबैभन्दा बढी ध्यान एमालेभित्र रहेको बताए । एमालेभित्र केपी ओलीको अहंकार र दम्भले देश वर्वाद हुदैछ भन्ने देशभक्तले बुझदै गएको विश्वास रहेको भन्दै उनले त्यस्ता देशभक्तसंग लगातार सम्पर्क र छलफल गरिरहेका दावी गरे । ओलीको नक्कली, हावादारी, अहंकारी, दम्भकारी प्रवृत्तिमाथि ढिलोछिटो बिजय हासिल गर्नेछन र कम्युनिष्ट एकतामा समाहित हुने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->