आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

बुढीगण्डकीको बाढीमा फसेका ३६ जनाको उद्धार

बुढीगण्डकीको बाढीमा फसेका ३६ जनाको उद्धार


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८३, आइतबार

पोखरा / बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न स्थानमा फसेका ३६ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौजले उनीहरूको उद्धार गरेको हो।

नेपाली सेनाका अनुसार जगत क्षेत्रबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट एक शिशु र एक विदेशी नागरिकसहित ९ जना तथा पायु क्षेत्रबाट १२ जनाको उद्धार गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको टोली परिचालन गरिएको छ। अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी थप खोज तथा उद्धार कार्य भइरहेको सेनाले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->