आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

१० जना सम्पर्क विहिन, ६ पुल बगायो

१० जना सम्पर्क विहिन, ६ पुल बगायो


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८३, आइतबार

पोखरा / बूढीगण्डकी नदीमा आएको बाढीमा १० जना सम्पर्कविहिन भएका छन । बाढीले गोर्खामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगेका छन् भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने तथा आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल बाढीले बगाएको छ।
त्यसैगरी, धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिज पनि बगेको छ। माछिखोला–केरौँजा, चुमनुब्रीको ठाडो भर्‍याङ–जगत तथा सिर्दिबासको घट्टेखोला–फिलिम जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ।
बाढीले चुमनुब्री गाउँपालिका–३ अन्तर्गत पैयुँ र बगरका करिब ३५ घर पनि बगाएको प्रारम्भिक विवरण छ। जगत्, सल्लेरी, दोभान र घट्टेखोला क्षेत्रमा समेत बाढीले क्षति पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->