आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

नेपाली कम्युनिष्ट पार्टी देशको स्वाभीमानको रक्षा र हीतको पक्षमा केन्द्रीत– नेपाल

नेपाली कम्युनिष्ट पार्टी देशको स्वाभीमानको रक्षा र हीतको पक्षमा केन्द्रीत– नेपाल


  • ढाेरपाटन संवाददाता
  • मंसिर १४ २०८२, आइतबार

पोखरा/ नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले धेरै बाम घटक मिलेर बनेको आफ्नो पार्टी देशको स्वाभीमानको रक्षा र हीतको पक्षमा केन्द्रीत रहेको दावी गरेका छन् । आज पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै नेपालले यसअघि भएगरेको कमजोरी सुधार्न तयार रहेको पनि बताए ।

जनताको मन जित्न सक्नु पर्ने र इमान्दारितासाथ लाग्नु पर्नेमा जोड दिए । नेपालको राजनीति विग्रने कारणमा बेइमानी, भ्रष्टाचारी, स्वार्थी र व्यक्तिवादी प्रवृत्ति, जनतलाई वेवास्ता गर्नु, नया पुस्ताका समस्यालाई नसुुन्ने, युवा वेरोजगारी समस्याप्रति गम्भिर नहुने उनको भनाई थियो । यसैगरी उद्योग धन्दा, कलकारखाना खोल्न सकिने बारे कुनै गम्भिर चिन्तन मनन् नगर्ने र सामुहिक रुपमा सबैको बुद्धीको प्रयोग नगर्दा पनि राजनीति विग्रिएको बताउँदै उनले यसको समीक्षा गरको बताए । नेपालका एक एक पार्टी र नेताको नाडी छामेको उल्लेख गर्दै उनले आफुले नेपालको इतिहासमा राजनीतिक परिवर्तनका लागि गौरवपूर्ण काम गरेको दावी समेत गरे ।

देशलाई जोगाउने विषयमा बिचार, सिद्धान्त, नीति र कार्यक्रम, उदेश्य, लक्ष्य तय गरेको उनले बताए । नेपाली कम्युनिष्ट पार्टी सर्वहारा, मेहनती र इमान्दार जनताको पार्टी रहेको उनले बताए । समाजवादमा पुग्ने लक्ष्यसाथ आफुहरु अघि बढेको भन्दै उनले आफ्नो अभियानमा जेन जी पनि आएको उनको भनाई थियो । जेनजीको भावनालाई सम्मान गर्नुपर्ने तर जनेजीको नाममा भएका अराजकतालाई छुट दिन नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->