पोखरा/ नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई नेता प्रधान नभई नीति प्रधान बनाउनुपर्ने बताएका छन् ।
पोखरामा आइतबार आयोजित सन्देश सभालाई सम्बोधन गर्ने क्रममा खनालले नेता प्रधान हुने पार्टीको अधोपतन निश्चित रहेको बताए । ‘नेपाली कम्युनिष्ट पार्टी नीति प्रधान भएर अघि बढ्ने छ । नेता प्रधान भएर होइन’, उनले भने, ‘सामुहिक नेतृत्वमा अघि बढ्ने, आम जनताको पक्षमा लड्ने र जनतासंग घनिष्ट सम्बन्ध भएको पार्टीको रुपमा निर्माण गर्नुपर्छ ।’ उनले नेकपा एमाले नेता प्रधान भएकाले अधोगतितिर गइरहेको उनको दावी थियो ।
खनालले नेपाली कम्युनिष्ट पार्टी कम्युनिष्ट आन्दोलनको मुल प्रवाह रहेको उल्लेख गरे । कम्युनिष्ट एकतासंगै देशलाई पनि एकताबद्ध बनाउन सक्नु पर्ने भन्दै उनले राष्ट्रवादी, देशभक्त र बामपन्थी एकजुट हुनुपर्नेमा जोड दिए । अव हिजोको जस्तो कम्युनिष्ट पार्टी नभई नयाँ ढंगले सोचेर अघि बढ्नुपर्ने उनले बताए ।
देशमा कुशासनकै कारण जेन जी आन्दोलन भएको उनले बताए ।





