आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

कांग्रेसको नियमित महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय

कांग्रेसको नियमित महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय

बैठकले वर्तमान कार्यसमितिको समयावधि माघसम्मका लागि थप गरेको छ । 


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८२, सोमबार

काठमाडौं / नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो ।

पारित भएको कार्यतालिका अनुसार कांग्रेसले पुस १६ गते वडा अधिवेशन गर्ने भएको छ । बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यतालिका पेस गर्दै गाउँ–नगर अधिवेशन पुस १७ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते हुने बताए ।

उनका अनुसार एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा पुस २१ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन पुस २२ गते हुने भएको छ कांग्रेसको प्रदेश अधिवेशन पुस २३ र २४ गते हुने कार्यवाहक सभापति खड्काले बैठकमा जानकारी दिए । बैठकले वर्तमान कार्यसमितिको समयावधि माघसम्मका लागि थप गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->