आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

भदौ २३ गते जेनजी शहीद दिवस मनाउने सरकारको निर्णय

भदौ २३ गते जेनजी शहीद दिवस मनाउने सरकारको निर्णय

सरकारले सो आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गरिसकेको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८२, सोमबार

काठमाडौं / सरकारले प्रत्येक वर्ष भदौ २३ गते जेनजी शहीद दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसको दिनमा मनाउने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

सरकारले जेनजी आन्दोलनका क्रममा शहीद भएका व्यक्तिका परिवारका आमा, बुबा, श्रीमति, अविवाहित छोरी/अविवाहित छोरालाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय पनि गरेको छ । सरकारले सो आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई यसअघि नै शहीद घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->