बागलुङ/ गण्डकी प्रदेश सरकारको निर्णय अनुसार एकीकृत भएको यहाँको उद्योग तथा पर्यटन कार्यालय र सामाजिक बिकास कार्यालय एकीकरण भएर बुधवारदेखि नयाँ ढंगले काम सुरु भएको छ ।
एकीकृत भएको एकीकृत सेवा कार्यालयबाट काम थालिएको हो । प्रमुख जिल्ला अधिकारी कुमानंिसह गुरुङले बुधवार एक कार्यक्रमकाबीच नयाँ कार्यालयको शुभारम्भ गरे । उनले धेरै कार्यालय भन्दा एकीकृत सेवा दिंदा राम्रो हुने बताए । त्योबाहेक राज्यका अन्य प्रशासनिक काम पनि एकीकृत रुपमा गर्दा जनताले एकै स्थानबाट धेरै काम र सेवा लिन सक्ने उनको भनाइ थियो ।
कार्यालयका प्रमुख पारसिंह थापाको अध्यक्षता, शाखा अधिकृत विष्णुनाथ शर्माको संचालन र थापाकै स्वागतमा सम्पन्न कार्यक्रममा हालै नियुक्त भएर आएका नयाँ कार्यालय प्रमुख शिव शर्मालाई स्वागतसमेत गरियो । यो कार्यालयले सामाजिक बिकासका पुर्वाधार, सामाजिक सचेतना लगायतका काम देखि उद्योग पर्यटन कार्यालयका पुर्वाधार,उद्योग नवीकरण, दर्ता र तालिम क्षेत्रका काम पनि गर्नेछ ।





