बागलुङ./ बिद्यामन्दिर माध्यामिक बिद्यालयमा बिद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय जनप्रतिनिधिका लागि तीन दिने व्यवहारिक उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । बागलुङ नगरपालिकाद्वारा आयोजित कार्यक्रममा प्रार्थना व्यवस्थापन, सांगीतिक पिटीबारे पनि प्रशिक्षण गरिएको प्रधानाध्यापक छविरमण रेग्मीले बताए ।
नगरपालिकाले सदरमुकामकै धौलागिरि बिरेन्द्र माबि, रुद्रे पिपल माबि र कालीका कन्या माबिमा पनि त्यस्तै प्रशिक्षण चलाएको हो । यो प्रशिक्षणले बिद्यार्थीमा अध्ययनशिल बनाउने, सकारात्मक सोच, मानसिक र शारिरीक उर्जा प्राप्त भएको सहभागिले बताए । तीन दिने कार्यक्रमको समापनको अबसरमा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले शिक्षकहरुले व्यक्तित्व बिकास गर्ने, बिद्यार्थीहरु अध्ययनशिल र सकारात्मक चिन्तन गर्न सक्ने बन्ने भावना बिकास गर्दै अभिभावकमा पनि बिद्यालय र बालबालिकाको भविष्य प्रति चासो दिने खालको बनाउन यो प्रशिक्षण गरिएको बताए ।
कार्यक्रममा हरिश वलीले विभिन्न चरणमा प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा बिद्यार्थी र अभिभावक गरीएक हजार ५ सय बढी सहभागि थिए । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीजय श्रेष्ठको अध्यक्षता, शिक्षक कुलराज शर्माको संचालन र प्रधानाध्यापक छविरमण रेग्मीको स्वागतमा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्मा, वडा सदस्य नगेन्द्र केसी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।





