आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

१५ आना जग्गामा गुण्डुमा यस्तो बन्दैछ ‘ओली कुटी’

१५ आना जग्गामा गुण्डुमा यस्तो बन्दैछ ‘ओली कुटी’

‘ओली कुटी’ निर्माणका लागि एक वर्षको समय तोकिएको छ। यसका लागि स्थानीयले जग्गा उपलब्ध गराएका छन्।


  • ढोरपाटन संवाददाता
  • मंसिर १८ २०८२, बिहिबार

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा नयाँ घरको निर्माण कार्य सुरु भएको छ। बिहीबार ओली पत्नी राधिका शाक्यले घरको शिलान्यास गरेकी छन्। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको अगुवाइमा ओलीका लागि ‘ओली कुटी’ निर्माण सुरु भएको हो।

‘ओली कुटी’ १५ आना जग्गामा निर्माण हुँदैछ। यसको लागत १ करोड १५ लाखको हुने बस्नेतले जानकारी दिए। उनका अनुसार ‘ओली कुटी’ निर्माणका लागि एक वर्षको समय तोकिएको छ। यो पूर्ण रूपमा निजी भवन हुने छ भने यसका लागि स्थानीयले जग्गा उपलब्ध गराएका छन्।

यसअघि भक्तपुरकै बालकोटमा ओलीको घर थियो। जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते उक्त घर प्रदर्शनकारीले जलाइदिएका थिए। त्यसयता सो घर खण्डहर बनेको छ।

उक्त घर मरणोपरान्त राज्यका नाममा हुने गरी दान गरिसकेको ओली परिवारले बताउँदै आएको छ। राज्यकै नाममा दिइसकेको घर भएकाले अब आफैँ पुनर्निर्माण गरेर नबस्ने ओली दम्पतीले बताउने गरेका छन्।

त्यसयता ओली परिवार गुण्डुमा बस्दै आएको छ। एमाले नेता बस्नेतले ओलीका लागि त्यहीँ ‘ओली कुटी’ बनाएर राख्ने घोषणा गरेका थिए। उनको घोषणा अनुसार नै आली कुटी को निर्माण कार्य सुरु भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->