पोखरा/सहकार्यमा २ दिने तनाब व्यवस्थापन तालिम तथा आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रम मादीको ताङतिङ गाउँमा सम्पन्न भएको छ ।
दलित सञ्जालमा आवद्ध पदाधिकारी तथा सदस्यहरु, जनप्रतिनिधिहरु पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, वडा सदस्यहरु गिता चम्राकार र नन्दराम गिरी, टोलविकास संस्था वडा समन्वय समितिका अध्यक्ष उत्तम जोशी, स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखा अध्यक्ष कृष्ण रानाभाट लगाएतको सहभागिता रहेको थियो ।
तालिमको सहजिकरण प्रशिक्षक भक्तराज रसाइलीले गरेका थिए । उनले चिन्ताले चितामा पु¥याउँछ भन्ने नेपाली उखान सत्य भएको बताउँदै तनावबारे सबैले राम्रो जानकारी दिनु पर्ने वताए । तनावलाई जाने पछि व्यवस्थापन गर्न सकिने अनेकौ उपायहरुको बारेमा चर्चा गरेका थिए ।
वडास्तरिय दलित सञ्जाल पोखरा ९ की अध्यक्ष सपना विकको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक वडा सदस्य गीता चम्राकारले कार्यक्रम माथी प्रकाश पारेकी थिइन् भने स्वागत उपाध्यक्ष रुकविर परियारले र संचालन विमला परियारले गरेकी थिइन् ।





