आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

‘दमन र हत्यामा जिम्मेवार दलको नेता नेतृत्वमा रहनु मानव अधिकारको उपहास’

‘दमन र हत्यामा जिम्मेवार दलको नेता नेतृत्वमा रहनु मानव अधिकारको उपहास’

भदौ २३ गतेको हत्या र २४ को ध्वंस गराउनेलाई कारवाही गर्न जोड


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०८२, आइतबार

पोखरा/मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले भदौ २३ गतेको दमन र हत्यामा जिम्मेवार नेता दलको नेतृत्वमा बस्नु मानव अधिकारको सबैभन्दा ठूलो उपहास भएको बताएका छन् । उनले लोकतन्त्रको आवरणमा भ्रष्टाचारमा लिप्त रहेका नेताको वर्चस्वले लोकतन्त्रलाई लाई खतरा निम्त्याइ रहेको समेत बताएका छन् ।

७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले भदौ २३ र २४ को सेरोफेरोमा रहेको आयोजित गरेको नागरिक संवाद कार्यक्रममा अवधारणा पत्र प्रस्तुत गर्दै विगत ३५ वर्षको इतिहासमा मानव अधिकार उल्लङको दण्डहीनताको कहाली लाग्दो सिलशिला नेपालमा रहेको बताए ।

‘जेन जी आन्दोलनको राप र तापलाई दुरुपयोग गरेर कतै लोकतन्त्रको घाटी निमोठ्ने र निरंकुशता लाद्ने षडयन्त्र भइरहेको त छैन भन्ने तर्फ जेन जी पुस्ता स्वयमं सचेत हुनु आवश्यक छ । लोकतन्त्रको विकल्प वंशतन्त्र वा सैन्यतन्त्र कदापि हुन सक्दैन’ उनले भने, ‘दमन÷हत्यामा जिम्मेवार नेता विभिन्न दलहरुको नेतृत्वमा रहि रहनु मानव अधिकारको सबैभन्दा ठूलो उपहास हो । लोकतन्त्रको आवरणमा भ्रष्ट र कुशासनमा लिप्त नेताहरुको बर्चस्व कायम रहिरहनु नै लोकतन्त्रका लागि ठूलो खतरा हो ।’

भदौ २३ गतेको वर्वर दमन र हत्यामा जिम्मेवार तत्कालिन सरकार प्रमुख लगायतलाइ अहिले सम्म कारवाहि नहुनु र सोही हत्याको विरोधमा २४ गते ध्वंसका सुत्रधारहरुको अहिले सम्म पहिना नहुनु देशका लागि ठूलो संकट भएको बताए । अगामी फागुन २१ गतेको निर्वाचनका लागि दलहरु तयार नभएको र निर्वाचन लम्बाउने खेलमा लागिरहेको सुनाउँदै अहिले देशलाइ निकास दिन राष्ट्रिय सहमति आवश्यक रहेको र त्यसको अगुवा जेन जीले गर्नुपर्नेमा उनको जोड थियो ।

‘स्थिरताका लागि, सुशासनका लागि, संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको आवश्यकता छ । राष्ट्रिय सहमति जुटाउनका लागि पार्टीहरुलाई साथमा राखेर जेन जीहरुले नेतृत्व गर्नुपर्छ’ भने । आगामी फागुन २१ को निर्वाचनमा मानव अघिकार उल्लङघनकर्तालाई नै लिएर गए ठूलो हिंसाको सम्भावना नेपालमा रहेको बताए । लोकतन्त्र बचाउदै चुनावको वातावरण बनाउनका लागि २३ गतेको दमन र हत्याका लागि जिम्मेवारहरुलाई कानूनी कारवाहि गरेमा मात्रै निर्वाचन हुने र शान्ति हुने बताए ।

सोही कार्यक्रममा सहभागि जेन जी प्रतिनिधि सरोज पराजुलीले जेन जी आन्दोलनअघि सम्म अधिकारवादी संघहरु निरिह रहेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले आफुहरु देशमा सुशासन, समृद्धि नभएको र जनता निकै दुःखमा रहेको र आम नागरिकको मनमा राज्यको सिस्टमप्रति आक्रोश रहेको र त्यो आक्रोशलाई सडकमा ल्याउने काम जेन जी पुस्ताबाट भएको बताए ।

जनतालाइ सुख दिन आयोजना गरेको कार्यक्रममा पुनः जनता नै दुखि हुनु दुर्भाग्यपूर्ण भएको सुनाए । भदौ २३ गते आफुहरु शान्तिपूर्ण आन्दोलनमा रहेको अवस्थामा एकाएक काठमाडौंमा टाउकोमा ताकी गोली प्रहार गरेकै कारण देशभर जनता आक्रोश भएको कारण २४ गतेको घटना भएको सुनाए ।

‘भदौ २३ गते दिउँसो १–२ बजेसम्म शान्तिपूर्ण आन्दोलन भएको र त्यसपछि साथिहरु कोहि जिल्ला प्रशासन कार्यालयतर्फ र कोही आफ्नै घरतर्फ जाँदा अचानक विवाद सुरु भएको सुनाउँदै उनले मानवअधिकार आयोगलाई पहिला २३ आउँछ की २४ ? शान्ति समाज, मानव अधिकार आयोगले यसलाई कसरी हेरिरहेको छ ?’ उनले भने, ‘जेन जीले ध्वंस मच्याउने भएको भए २३ गते नै मच्याउँथे जब टाउकोमा गोली ठोकियो । २४ गते किन कुरिन्थ्यो । २४ गते जनता नै सडकमा आएका हुन । आन्दोलनमा क्राइट र लिमिटेसन हुँदैन ।’

यस्तै अर्का जेन जी प्रतिनिधि ममता अधिकारीले जेन जी आन्दोलन सुशासनको लागि भएको सुनाउँदै विध्वसं मच्याउनुमा घुसपैठ भएको बताइन् । भदौ २३ गते भएको घटनाका दोषिलाई कारवाहि गर्नुपर्नेमा उनको जोड थियो ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख नितु गर्तौलाले कसैले पनि आन्दोलनको नाममा अरुको अधिकारको हनन गर्न नहुने बताइन् । उनले अहिलेको आन्दोलन सुशासनका लागि हुँदै गर्दा मानव अधिकार नै हनन हुने काम भएको भन्दै खेद प्रकट गरिन् । जेन जी आन्दोलनले नेपा किड्सको नाम दिदैँ मच्याएको आन्दोनलबारे जेन जीहरुले आफ्नै घरमा समेत बुबा आमालाए प्रश्न गर्नुपर्ने सुनाइन् ।

‘जेन जी आन्दोलन जे का लागि भएको थियो त्यो माग जायज हो । तर, जेन जी पुस्ताका बाबु नानीहरु पनि सवारी चढ्ने गरेकै छन् । भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा लाग्दै गर्दा अब घरमा पनि बुबा आमालाइ सोध्नुपर्छ की सवारी किन्ने पैसा कहाँबाट आयो भनेर’ उनले भनिन्, ‘हामीले हाम्रै घरबाट सुरु गर्नुपर्छ तबमात्रै सुशासन सम्भव छ ।’ जेन जी आन्दोलनको घटनाबारेमा अध्ययन गर्ने समिति बनेको र त्यसले काम गरिरहेको भन्दै त्यसबारे आफूले टिप्पणी नगर्ने सुनाइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->