बागलुङ/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङ प्रतिनिधिसभा क्षेत्र नं. २ बाट प्रत्यक्षका लागि १० जनाको नाम सिफारिस गरिएको छ । मंगलबार बसेको क्षेत्रीय समितिको बैठकबाट प्रत्यक्षतर्फ १० जना आकांक्षीको नाम सिफारिस गरिएको हो । बैठकले उम्मेदवारी दर्ताका लागि आह्वान गरिएको थियो ।
सोही अनुसार प्रत्यक्षमा १० जना, समानुपातिकमा चार जना र राष्ट्रिय सभामा तीन जनाको नाम दर्ता भएको थियो । दर्ता भएका सबैको नामावली जिल्ला कार्यसमितिमार्फत केन्द्रीय समितिमा पठाइने क्षेत्रीय सभापती जोकलाल बुढा मगरले जानकारी दिए । प्रत्यक्षतर्फ अर्जुन शेरचन, टेकराज पौडेल, नरबहादुर पुन ‘निरज’, मञ्जेशबम मल्ल, गिता श्रीष, धुव्र गौतम, डण्डापानी शर्मा, ऋषिराम कँडेल, डिलाराम शर्मा र देवेन्द्र कुमार घर्ति मगर रहेका छन् । राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ ।
नेपाली कांग्रेसको केन्द्रीय सर्कुलर अनुसार, क्षेत्रीय समितिले आकांक्षीहरूलाई उम्मेदवारी दर्ताका लागि आह्वान गरेको थियो । दर्ता भएका सबैको नामवाली केन्द्रमा पठाउने सभापति बुढाले जानकारी दिए ।





