आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बरेङ गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

बरेङ गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास

चार करोड ३४ लाख ३८ हजार ४ सय ८ रुपियाँको लागतमा दुईतले प्रशासनिक भवन निर्माणका लागि गाउँपालिकाले प्रतिक्षा केएनएस जेभीसंग सम्झौता गरेको छ ।


  • ढाेरपाटन संवाददाता
  • मंसिर २५ २०८२, बिहिबार

बागलुङ/दक्षिण बागलुङस्थित बरेङ गाउँपालिकाको प्रशासनिक भवन बन्ने भएको छ । बरेङ–२ हुग्दीशिरको सुदलामा बन्ने भवनको बिहिबार एक कार्यक्रमबीच गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले शिलान्यास गरे ।

चार करोड ३४ लाख ३८ हजार ४ सय ८ रुपियाँको लागतमा दुईतले प्रशासनिक भवन निर्माणका लागि गाउँपालिकाले प्रतिक्षा केएनएस जेभीसंग सम्झौता गरेको छ । दुई रोपनी जमिनमा निर्माण हुने भवनको भुई तलामा १२ कोठा र दोस्रो तलामा हलसहित १० वटा कोठा निर्माण हुने गाउँपालिकाका इन्जिनियर रामकृष्ण पौडेलले जानकारी दिए ।

भवनको शिलान्यास गर्दै मन्त्री गुरुङ प्रदेश सरकारबाट निर्माणको काममा बजेटको अभाव हुन नदिने प्रतिवद्धता जनाएका छन् । समयमै गाउँपालिकाको भवन निर्माण सम्पन्न हुँदा ग्रामिण क्षेत्रका जनतालाई एकै ठाउँमा सेवा दिन सहज हुने मन्त्री गुरुङको भनाई थियो ।

भाडाको भवनबाट सेवा प्रवाह गर्दा समस्या भइरहेकाले भवन निर्माण भएसंगै सहज रुपमा नागरिकलाई सेवा प्रदान गरिने गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए । तोकिएको समयमै काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई अनुरोध गर्दे अध्यक्ष शर्माले बजेट अभाव हुन नदिने बताए । ‘‘भवन निर्माण गर्न जग्गा विवादले ढिलाई भयो, विवाद समाधान भएपछि भवन समयमै बन्छ’’ शर्माले भने ।

२ वर्षभित्र काम सम्पन्न गर्नेगरी गाउँपालिका र निर्माण कम्पनीबीच सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बद्रीनाथ पोखरेलले बताए । प्रदेश सरकारको ५० प्रतिशत र गाउँपालिकाको ५० प्रतिशत बजेटमा भवन निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->