पोखरा/प्रदेश लोकसेवा आयोग, गण्डकी प्रदेशबाट सिफारिस भइ स्थानीय तहमा कार्यरत प्रविधिक सेवा इन्जिनियरिङतर्फका कर्मचारीहरुको लागी सेवा प्रवेश तालिम बिहीबार सम्पन्न भएको छ ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मंसिर २१ गतेबाट संचालित सेवा प्रवेश तालिममा २१ जना सहभागी रहेका थिए ।
सेवा प्रवेश तालिमका संयोजक, व्यवस्थापक एवम प्रतिष्ठानका प्रशिक्षण तथा अनुसन्धान अधिकृत इन्जिनियर मनोज पौडेलले यो तालिम शुद्ध प्राविधिक कर्मचारी सब–इन्जिनियर, खा.प. स. टे र असिष्टेन्ट सब–इन्जिनियरहरुको लागि रहेको जानकारी दिए ।





