आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

टेवान स्थापना दिवसमा महिला हिंसा सचेतना कार्यक्रम

टेवान स्थापना दिवसमा महिला हिंसा सचेतना कार्यक्रम


  • ढाेरपाटन संवाददाता
  • मंसिर २६ २०८२, शुक्रबार

पोखरा/पर्यटन व्यवसायी महिला संघ (टेवान) ले आफ्नो आठौं स्थापना दिवसका अवसरमा महिला हिंसा सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका पोखरा कार्यालय प्रमुख मणिराज लामिछानेले पर्यटन क्षेत्रमा महिला सहभागिता सुनिश्चित गर्दैै सुरक्षित वातावरण तयार गर्नुपर्नेमा जोड दिए । अधिवक्ता तारा शर्माले महिला हिंसा न्यूनीकरण गर्न महिलाको पनि उत्तिकै भूमिका हुने बताइन् ।

टेवानकी संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले संस्थाको गतिविधिले पर्यटनमा महिलाको अर्थपूर्ण सहभागिता वृद्धि गर्न योगदान पु¥याएको बताइन् । टेवान अध्यक्ष शोभा पाण्डेले महिला हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिनको अवसर पारेर सचेतना कार्यक्रम आयोजना गरेको बताइन् ।

टेवान महासचिव शोभा अधिकारी पौडेलले सञ्चालन गरेको कार्यक्रममा संयोजक जयादेवी तिवारीले धन्यवाद ज्ञापन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->