आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

निर्वाचनको विकल्प छैन : नेकपा नेता भुषाल

निर्वाचनको विकल्प छैन : नेकपा नेता भुषाल

भुषालले जेनजी आन्दोलन पछिको राजनीतिक वातावरण मिलाउन भने प्रचण्ड र माधव नेपालले सुझवुझपुर्ण भूमिका खेलेको पनि दाबी गरिन् ।


  • ढाेरपाटन संवाददाता
  • मंसिर २७ २०८२, शनिबार

बागलुङ/नेपाल कम्प्युनिष्ट पार्टीकी नेता पम्फा भुषालले निर्वाचनको विकल्प नभएको बताएकी छिन् । उनले फागुन २१ गते नै निर्वाचन गर्न सरकार तयार रहनुपर्ने बताइन् ।

तत्कालिन नेकपा माओवादी केन्द्र, नेकपा एस सहितका १६ घटकको एकीकरणपछि बनेको नेपाली कम्प्युनिष्ट पार्टीको एकता सम्मेलन कार्यक्रममा आएकी भुषालले अब एक्लै सरकार बनाउने पाटी बनाउने अभियानमा लागेको बताइन् ।

उनले आसन्न निर्वाचनमा र पार्टीको महाधिवेसनमा कम्तिमा ३३ प्रतिशत युवा ल्याउने दाबी गरिन् । उनले जेनजी आन्दोलनको माग अनुसार सुशासन कायम र भ्रष्टाचार अन्त्यका लागि काम गर्ने पनि बताइन् । हाल संविधान ट्रयाब बाहिर गएको देखिएपनि यो आवस्यकताको सिद्दान्त भएको उनको भनाइ छ । उनले राष्ट्रपतिको सुझबुझपुर्ण निर्णयले आन्दोलनबाट नयाँ सरकार गठन भएको पनि दाबी गरिन् । निर्वाचनबाटै संविधान पुनः ट्रयाकमा आउने उनको भनाइ छ ।

नयाँ पार्टी गठनपछि आउने नयाँ जोशले राज्यलाई दिशानिर्देश गर्ने भुसालले बताइन् । भुषालले माओवादी जनयुद्दको जग र प्रचण्ड पथको मार्ग भने नछाड्ने बताइन् । ‘माक्र्सवादको विकसित स्वरुप नै प्रचण्ड पथ हो, त्यसैले त्यसलाई छाडेर जान सकिंदैन’ उनले भनिन्, ‘जनयुद्दको उपलब्धीलाई नै संस्थागत गर्ने हाम्रो लक्ष्य हो ।’ उनले इतिहास बिर्सेर राजनीतिक निकास नआउने बताइन् ।

अर्को प्रसंगमा उनले देशको निकासका लागि सबै कम्प्युनिष्ट घटकको एकतामा जोड दिइन् । लोकतान्त्रिक गणतन्त्र र संघियताका लागि कम्प्युनिष्ट र कांग्रेस मिलेर लडेको स्मरण गर्दै उनले वृहत कम्प्युनिष्ट, लाकतन्त्रवादी एकता र बाम लोकतान्त्रिक मोर्चा चाहिएको पनि बताइन् । जेनजी आन्दोलनको माग पुरा गर्न सबै लाग्नुपर्ने तर भदौ २४ गतेको विध्वंसलाई भने स्व्किार्न नसकिने बताइन् ।

भुषालले जेनजी आन्दोलन पछिको राजनीतिक वातावरण मिलाउन भने प्रचण्ड र माधव नेपालले सुझवुझपुर्ण भूमिका खेलेको पनि दाबी गरिन् । ‘भौतिक क्षति त धेरै भयो, तर यो आन्दोलनले सुशासनको सन्देश दिएको छ’ उनले भनिन, ‘जेनजी आन्दोलन जस्तै माओवादी जनयुद्द पनि सुशासनको प्रतिक थियो ।’ उनले युवा जोश र आवस्यकता अनुसार काम गर्ने माओवादीहरु पनि जेनजी जस्तै भएको बताइन् । आगामी निर्वाचनमा अहिलेको केन्द्रीय नेतृत्व को को जाने, को मन्त्री र प्रधानमन्त्री बन्ने भन्ने चाँही निर्णय भैनसकेको बताइन् । उनले समय अनुसारको आबाज उठाउन सक्नेहरु नै क्रान्तिकारी भएको पनि बताइन् ।

बागलुङमा पनि तत्कालिन माओवादी र नेकपा एससहितका दलहरुको एकताका लागि संयुक्त सभा आयोजना भएको हो । यो सभाले जिल्लामा एकीकृत पार्टी बनाएर आगामी निर्वाचन र राजनीतिक भविष्यका लागि काम गर्ने लक्ष्य राखेको नेताहरुले बताएका छन् । शनिबार भएको कार्यक्रममा वक्ताहरुले पनि पार्टी एकताको आवस्यकता, संयुक्त मोर्चाको औचित्य र आगामी राजनीतिक भविष्यबारे धारणा राखेका थिए । एकता सभाका लागि माओवादीले गाउँबाट कार्यकर्ता समेत ल्याएको थियो ।

जिल्लामा दुवै दलका क्रियाशिल कार्यकर्ता, नेता सहभागि थिए । नेकपा एसबाट केही नेता नेकपामा आबद्द भएका छन् भने कतिपयले पुरानै दल एमालेमा फर्केका छन् । केही दिनअघि नै साझा विज्ञप्तीमार्फत आवस्यकताको सिद्दान्तले पार्टी एकता गरेर जान लागेको संयोजक प्रकाश घर्तीले बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->