आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

भक्तपुरबाट एमालेको उद्घोषः ‘सिंहदरबार, संसद् र अदालत जलाएको बिर्सेका छैनौँ, बिर्सने छैनौँ’

भक्तपुरबाट एमालेको उद्घोषः ‘सिंहदरबार, संसद् र अदालत जलाएको बिर्सेका छैनौँ, बिर्सने छैनौँ’

पार्टीको एघारौं महाधिवेशनको उद्घाटन समारोहमा एमालेले गत भदौ २४ गतेको विध्वंशमा संलग्नहरूलाई लक्षित गर्दै यस्तो चेतावनी दिएको हो।


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०८२, शनिबार

भक्तपुर / नेकपा (एमाले)ले देशका प्रमुख राष्ट्रिय धरोहरहरू सिंहदरबार, संसद् भवन र सर्वोच्च अदालत जलाउने घटनामा संलग्नहरूलाई कहिल्यै नबिर्सिने र माफी नदिने कठोर उद्घोष गरेको छ।

भक्तपुरको सल्लाघारीमा जारी पार्टीको एघारौं महाधिवेशनको उद्घाटन समारोहमा एमालेले गत भदौ २४ गतेको विध्वंशमा संलग्नहरूलाई लक्षित गर्दै यस्तो चेतावनी दिएको हो।

अध्यक्ष केपी शर्मा ओलीले समारोह उद्घाटन गरेलगत्तै एक विशेष भिडियो प्रस्तुति गरिएको थियो। उक्त भिडियोमार्फत एमालेले जलेको संसद् भवन, खरानी बनाइएको सिंहदरबार र न्यायको मन्दिर जलाइएको घटनालाई पार्टीले कहिल्यै नभुल्ने दृढता व्यक्त गरेको हो।

भिडियोमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै भनिएको छ, ‘सम्झनुहोस्, जलेको हाम्रो न्यायको मन्दिर। सम्झनुहोस्, बलेको हाम्रो संसद् भवन। सम्झनुहोस्, खरानी बनाइएको हाम्रो सिंहदरबार। जलाइएको सिंहदरबार बिर्सेका छैनौं, बिर्सने छैनौं।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->