आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

सँगै बसेर रक्सी खाए, झगडा हुँदा साथीको ज्यानै लिए

सँगै बसेर रक्सी खाए, झगडा हुँदा साथीको ज्यानै लिए

खाने–पिउने क्रममा विवाद सुरु भयो । झगडाले उग्र रुप लिँदा कृष्णबहादुर भुजेल रमेश सुनारमाथि जाइलागे । नजिक रहेका ढुंगाले टाउको फुटाइदिए । रमेश ठहरै भएपछि नजिकैको झाडीमा लास फालेर हिँडे ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०८२, आइतबार

पोखरा/पोखरा १६ स्थायी घर भइ पोखरा ९, रामघाट बस्ने ६० वर्षीय रमेश सुनार, धादिङको त्रिपुरासुन्दरी १ स्थायी घर भइ हाल पोखरा ११ फूलबारी बस्ने ३२ वर्षीय हरिराम बुर्लाकोटी र पाल्पाको रामपुर नगरपालिका ४ घर भइ पोखरा १० रामघाट बस्ने ३८ वर्षीय कृष्णबहादुर भुजेल दिनभर सँगै मजदुरी गर्थे । काम सकिएपछि चाहिँ उनीहरु कतैबाट रक्सी किन्थे र एकान्त ठाउँमा गएर घुट्क्याउँथे ।

मंसिर २४ गते साँझ पनि उनीहरुले त्यसै गरे, जस्तो अरु दिन गर्थे । काम सके, रक्सी किने अनि पोखरा १२ ढिकालेथर शिवमन्दिर नजिकैको एकान्त ठाउँमा बसेर रक्सी पिउन सुरु गरे । खाने–पिउने क्रममा विवाद सुरु भयो । झगडाले उग्र रुप लिँदा कृष्णबहादुर भुजेल रमेश सुनारमाथि जाइलागे । नजिक रहेका ढुंगाले टाउको फुटाइदिए । रमेश ठहरै भएपछि नजिकैको झाडीमा लास फालेर हिँडे ।

कास्की प्रहरीले २५ गते बिहानमात्र शिवमन्दिर छेउमा कोही व्यक्ति मृत रहेको जानकारी पायो । कास्की प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार प्रहरीले तालिमप्राप्त कुकुरसहित अनुसन्धान अगाडि बढायो र हत्या भएको निश्कर्ष निकाल्यो । चिनजानकै मान्छेबाट हत्या भएको निचोडमा पुगेको प्रहरीले अघिल्लो दिन दिउसो सँगै काम गर्ने कृष्णबहादुर भुजेल र हरिराम बुर्लाकोटीको खोजी सुरु ग¥यो ।

दिउसो २ बजेतिर भुजेल पोखरा १० रामघाटबाटै पक्राउ परे भने बुर्लाकोटीलाई मंसिर २६ गतेमात्र पोखरा १२, माटेपानीबाट पक्राउ परे । झगडा भएपछि आफूले सुनारलाई ढुंगाले हानेर मारेको र लास झाडीमा फाल्न बुर्लाकोटीले सघाएको भुजेले स्वीकारे । प्रहरीले दुबैमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->