आइतबार, असोज २५ २०८३

आइतबार, असोज २५ २०८३
  • २५ असोज २०८३ , आइतबार
  • October 11 2026

एमाले महाधिवेशनः निर्वाचन कार्यतालिका सार्वजनिक, पुस १ मा मतदान

एमाले महाधिवेशनः निर्वाचन कार्यतालिका सार्वजनिक, पुस १ मा मतदान

निर्वाचन कार्यक्रम अनुसार पुस १ गते मङ्गलबार बिहान ११ बजेदेखि ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०८२, आइतबार

काठमाडौं / नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।  एमालेको केन्द्रीय निर्वाचन अयोगका अध्यक्ष डा. विजय सुब्बाले आइतबार साँझ प्रकाशन गरेको निर्वाचन कार्यतालिका अनुसार आइतबार साँझ ७ बजेसम्म मतदाता नामावली प्रकाशन, सोमबार बिहान ८ देखि ९ बजेसम्म मतदाता नामावली उपर दाबी विरोध/सुधार, सोही दिन बिहान ९:३० बजे मतदाता नामावली उपर गरेको दाबी विरोध र सुधारको सुचना प्रकाशन, बिहान १० बजे दाबी विरोध उपर छानबिन र निर्णय गर्ने कार्यतालिका तय भएको छ।

यसैगरी, २९ गते बिहान १०:१५ बजे अन्तिम मतदाता नामावली प्रकाशन, ९ देखि १२ बजेसम्म उम्मेदवारको दरखास्त फाराम वितरण, १०:३० देखि १:३० सम्म उम्मेदवारको दरखास्त फाराम दर्ता, २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन,  २:३० देखि ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, ३:१० बजे उजुरी उपर छानबिन र निर्णय, ३:१० देखि ५ बजेसम्म उम्मेदवारको नाम फिर्ताको समय तय भएको छ।

निर्वाचन कार्यक्रम अनुसार पुस १ गते मङ्गलबार बिहान ११ बजेदेखि ५ बजेसम्म मतदानको कार्यतालिका रहेको छ। मतदान पश्चात् सोही दिन मतगणना, निर्वाचन परिणाम घोषणा गरिने छ। निर्वाचन समितिले तोके अनुसार निर्वाचन परिणाम घोषणा र नतिजा प्रकाशनपछि शपथ ग्रहण गर्ने कार्यतालिका छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->